नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • मन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन माग गरेको खुलासा(अडियोसहित)
मन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन माग गरेको खुलासा(अडियोसहित)
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ८, २०७६ बागेश्वरी पोस्ट
मन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन माग गरेको खुलासा(अडियोसहित)
फाइल फोटो

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण  प्राप्त भएको छ।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।

७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।

सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्रष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बास्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिने घटनाले सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत भ्रष्टाचारमा समेत चुर्लुम्म डुबेको देखाएको छ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएदेखि त्यसलाई गिज्याउने गरि घटनाहरु सार्वजनिक भइरहेका छन्। यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई अन्य प्रकरणमा आफ्ना प्रियहरुलाई दिएको झै उन्मुक्ति दिन्छनकी कार्वाहीको दायरामा ल्याउँछन त्यो हेर्न बाँकी छ।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए। उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएको संवाद जस्ताको तस्तैः

विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन।

अडियो सुन्न यस लिंक क्लिक गर्नुहोस। 


मन्त्री गोकुल बास्कोटाः ह।।। विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको (कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

मन्त्री गोकुल बास्कोटाः ठीक छ।

विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।

मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु। विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।

मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।

विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई। मन्त्री

गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?

विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा

मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?

विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।

विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?

विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकि, आउट अफ ट्याक नजादा ७० जति आउलाकी।

मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छनरु छुट्टै गर्छन?

विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत (तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो।) यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?

विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने।।।

मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनीर?

विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।

मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु...।।।कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने (यिनले हेप्छन)। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो।।

विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

मन्त्री गोकुल बास्कोटाः त्यो मु...।ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।श्रोत: हाम्राकुराडटकम।


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP