prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • राप्तीसोनारीमा झण्डै ८६ करोड बजेट प्रस्तुत
राप्तीसोनारीमा झण्डै ८६ करोड बजेट प्रस्तुत
banijya office
कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा
बागेश्वरी पोस्ट
सोमबार, असार १०, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा झण्डै ८६ करोड बजेट प्रस्तुत

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले गाउँसभाको पन्ध्रौं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषा सिंह थारुले बजेट प्रस्ततु गरिन् । राप्तीसोनारीले आगामी बजेट करीब ८६ करोड विनियोजन गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा झण्डै तीन करोडले कम हो । 

nepalgunj 081-082

उपाध्यक्ष थारुले आगामी आर्थिक बर्षका लागि ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिइन् । चालु खर्चतर्फ ५० करोड ६६ लाख ६५ हजार र पूंजीगत खर्चतर्फ ३५ करोड १४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । उनका अनुसार शिक्षातर्फ ३७ करोड ८४ लाख १७ हजार विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ७ करोड ७२ लाख २० हजार, कृषितर्फ १ करोड ६० लाख २० हजार, पशुतर्फ १ करोड २४ लाख २० हजार, महिलातर्फ २ करोड १ लाख, खानेपानीतर्फ ३० लाख, सहकारी तथा संघसंस्थातर्फ १० लाख, वन तथा वातावरणतर्फ ७ लाख, पञ्जीकरण तर्फ ४ लाख ९५ हजार, रोजगार सेवा केन्द्रतर्फ ५८ लाख ६४ हजार विनियोजन गरिएको छ । त्यसैगरी उद्यम विकासतर्फ १७ लाख, आवास कार्यक्रमतर्फ ३ करोड २ लाख, साझेदारी प्रवद्र्धन कोषका लागि २ लाख ५० हजार, स्वास्थ्य उपचार कोषका लागि २० लाख, सामाजिक विकास प्रबद्र्धन कोषका लागि २५ लाख र मर्मत सम्भार कोषका लागि २० लाख बजेट विनियोजन गरिएको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पौडेलले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिएको बताए । उनले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गरिने बताए । ऐलानी जग्गामा खेती गर्ने किसानहरुलाई कृषि सेवा सहुलियतको लागि उपयुक्त नीति निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि वीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र किसानसँग समन्वयात्मक संजाल कार्यक्रम गर्ने, सामूहिक खेती सञ्चालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर २, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमलाई नीति तथा कार्यक्रमले जोड दिएको छ । 

कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरु विक्री वितरण सहजीकरण गरिने पनि नीति तथा कार्यक्रमले समेटेको अध्यक्ष पौडेलले बताए । यसैगरी रोजगार बैंकको स्थापना गरी कामको खोजीमा रहेका बेरोजगार व्यक्तिहरुलाई सूचीकरणमा समावेश गराई प्राथमिकताको आधारमा रोजगारी सिर्जनाका कार्यक्रमहरु सञ्चालन गरी रोजगारीको न्यूनतम अवसरमा संलग्न गराइने पनि उल्लेख छ । मुक्तकमलहरी, द्वन्दपीडित व्यक्तिहरुको तथ्यांकहरु संकलन गर्ने र आवश्यक पर्ने कानुनी प्रवन्ध गरी उनीहरुलाई कृषि, शिक्षा, स्वास्थ्य एवम् सशक्तिकरण र आयआर्जनको क्षेत्रमा पहुँच अभिवृद्धि गरिने उल्लेख छ । 

पालिकाले आगामी आर्थिक वर्षमा शिक्षक दरवन्दी मिलान तथा पुनःवितरण गर्दै १० वर्षे गाउँ शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने भएको छ । त्यसैगरी विद्यालयमा टिनको छानो विस्थापित गरी वातावरण अनुकूल तथा विद्यार्थीमैत्री बनाउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसैगरी राप्तीसोनारी वडा नम्बर ८ मा २४ सै घण्टा वर्थिङ सेवा सञ्चालन गरिने भएको छ । प्रयोगशाला नभएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय प्रविधिमैत्री प्रयोगशाला सञ्चालन गरिने, जेष्ठ नागरिक, असहाय शारीरिक अशक्त तथा दीर्घरोगीहरुका लागि गाउँपालिका अध्यक्षसँग विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसैगरी पूर्वाधार विकासमा पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । गाउँपालिका स्तरीय सडक तथा यातायात गुरुयोजना अनुसार सडक नालीको निर्माण र मर्मत सम्भार गर्ने, सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि संघ प्रदेश सरकारसँग आवश्यक समन्वय गर्नुका साथै कार्यक्रम सञ्चालन गरिने, अत्यावश्यक स्थानमा पुलपुलेसा र कल्भर्ट निर्माणलाई निरन्तरता दिइने विषयलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । गाउँसभाको आजको बैठकमा वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु र वडा ९ का वडा अध्यक्ष सोहनलाल थारुले आआफ्नो मन्तव्य राखेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए । नीति तथा कार्यक्रम र बजेटमाथि आगामी १४ गते बस्ने बैठकमा दफावर छलफल हुने प्रमुख प्रशासकीय अधिकृत एडीले बताए ।
 


प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP