नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटकको संख्या दोब्बर बनाउन 'घुमौं सौराहा चितवन' अभियान
पर्यटकको संख्या दोब्बर बनाउन 'घुमौं सौराहा चितवन' अभियान
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २९, २०८२ बागेश्वरी पोस्ट
पर्यटकको संख्या दोब्बर बनाउन 'घुमौं सौराहा चितवन' अभियान

नेपालगञ्ज । होटल व्यवसायीहरुले घुमौं सौराहा चितवन अभियान थालेका छन् । पश्चिम नेपालका प्रमुख सहरहरुमा अन्तरक्रिया र भेटघाट गर्दै हिँडेका होटल ब्यवसायीले घुमौं सौराहा चितवन अभियान थालेका हुन् । यसैक्रममा नेपालगञ्ज आइपुगेको क्षेत्रीय होटल संघ नेपाल चितवनले अभियानबारे सरोकारवालालाई जानकारी गराएको छ । सौराहालाई ब्राण्डिंग गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले घुमौं सौराहा चितवन अभियानलाई अघि बढाइएको हो । वि.सं. २०७७ साल पुस महिनादेखि सुरु भएको यो अभियान कोरोना कालपछि स्थगित भएको थियो ।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पश्चिम नेपालका मुख्य सहरहरुमा अन्तरक्रिया गरिएको अध्यक्ष ओम प्रकाश पाण्डेले बताए । मुलुककै प्रमुख तेस्रो पर्यटकीय गन्तब्य स्थलका रुपमा परिचित सौराहामा पर्यटकको संख्या दोब्बर बनाउने उद्देश्यका साथ घुमौं सौराहा चितवन अभियान सुरु गरेको अध्यक्ष पाण्डेले बताए । त्यसक्रममा सौराहा झल्किने गरी तयार पारिएको भिडियो सामग्री समेत देखाइएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने मुख्य पर्यटकीय प्रवेशद्वारको रुपमा समेत चिनिएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा अवस्थित सौराहा राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेको छ । संघका अनुसार विगत ५० वर्षको इतिहास बोकेको सौराहासहित चितवनमा वार्षिक ४ लाख पर्यटक आउने गर्दछन् । सौराहामा १ सय ५० सहित जम्मा चितवनमा २ सय ५० वटा होटल र १ सय वटा रेष्टुरेन्ट छन् । सौराहामा ९ हजारसहित जिल्लाभित्र १५ हजार बेड क्षमता रहेको छ । संघका अनुसार सौराहामा १ हजार देखि २ हजार ५ सय क्षमताका सभा हल छन् ।  निकुञ्जभित्र १ सय र मध्यवर्ती क्षेत्रमा १ सय गरी २ सय वटा जिप सफारी सञ्चालनमा रहेका छन् । चितवनमा निजी ६० र सरकारी ५६ वटा हात्ती छन् ।

कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, उद्योगी ब्यवसायीहरु प्रदिप छाछेड, दिवाकार खनाल, कल्पना शर्मा, नाटा बाँके अध्यक्ष श्रीराम सिग्देल लगायतले नेपालगञ्ज र सौराहाले पर्यटन प्रबद्र्धनमा संगसंगै काम गर्नुपर्ने बताउँदै एकले अर्कोलाई भरथेग गर्दै अघि बढ्नुपर्ने धारणा राखे । चितवन र बाँकेलाई पर्यटनसँग जोड्नका लागि यातायात सुविधा सहज बनाइनुपर्नेमा पनि उनीहरुको जोड छ ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका उपाध्यक्ष गुणराज थपलियाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव महेश खनालले गरेका थिए । 

May be an image of 10 people, flute, dais and text


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP