नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पक्राउ परेका क्यासिनो किङ 'बले' को हुन् ?
पक्राउ परेका क्यासिनो किङ 'बले' को हुन् ?
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ११, २०७६ बागेश्वरी पोस्ट
पक्राउ परेका क्यासिनो किङ 'बले' को हुन् ?

काठमाडौं ।  काठमाडौंको     महाराजगन्जबाट  ठुलो रकमसहित पक्राउ परेका बलराम सपकोटा बले क्यासिनो किङका रुपमा चिनिन्छन। आखिर  को हुन् ‘बले’ ?

काभ्रेको रोशी गाउँपालिका, बाल्टिङ स्थायी घर भएका बलराम सापकोटा ‘बले’ जुवाडेहरुबीच ‘क्यासिनो किङ’का रुपमा चिनिन्छन् । केही समय पहिलासम्म अन्नपूर्ण होटलमा भाँडा माझ्ने काम गरेका उनी वेटर हुँदै सोही होटलस्थित अन्ना क्यासिनोमा बाउन्सरको रुपमा काम गर्थे ।

‘बले’ पछिल्ला दिनमा आफैँ जुवा खेलाउने काममा संलग्न हुन थाले । त्यही क्रममा उनले जुवामा लगानी गर्ने तथा मोटो ब्याज असुल्ने गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । जुवाडेहरुका लागि उनले ‘मिटर ब्याज’मा लगानी गर्ने गरेको बताइन्छ । उनले काभ्रेमा कांग्रेस पार्टीबाट राजनीतिमा प्रभाव जमाउने प्रयास गरेका थिए ।

कांग्रेसको जिल्ला कोषाध्यक्षका लागि उम्मेदवारी दिएका उनी कृष्णगोपाल भैलसँग पराजित भएका थिए । उनी कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत निकट सम्बन्ध राख्न सफल भएका थिए । पछिल्लो समय नेपाली राजनीतिमा नेकपाको प्रभाव बढेपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पार्टीका अन्य नेताहरुसँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए ।

जुवा धन्दा फस्टाउँदै गएपछि उनी रातारात करोडपति बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नयाँ गुण्डाका रुपमा उदाएका बले भन्ने बलराम सापकोटा ‘ग्याङ’ बनाएर जुवासमेत खेलाउने गर्थे । जुवा खेलाएरै बलेले धेरैलाई घरवारबिहीन र कंगाल बनाएका उनले त्यही रकमले छोटो समयमै भारतको सिक्किम र गोवामा समेत क्यासिनो सञ्चालन गरेका छन् ।

बलेले पछिल्लो पटक झापाको धुलावारीमा ७ बिगाहा जमिनमा ‘पाँच तारे’ भव्य होटलसमेत बनाउँदैछन् । ‘मेची क्राउन’ भन्ने पाँच तारे होटल बनाउन बलेलाई अर्का व्यापारी पवित्र कार्कीले सहयोग गरेको बताइन्छ । हेलिकोप्टर व्यापारीसमेत रहेका कार्की डाइनेष्टि हेलिकोप्टरका मालिक हुन् । बलेलाई आर्थिक सहयोग गर्ने र हरेक काममा ब्याकअप दिने व्यक्तिका रुपमा कार्की चिनिन्छन् ।

ठूला नेता र व्यापारीलाई समेत रिझाउन खप्पिस बले गुण्डागर्दीमार्फत नै क्यासिनो क्षेत्रमा साम्राज्य खडा गर्ने कसरतमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । प्रहरी र ठुला राजनीतिक दलका नेताको नाम भजाउँदै फाइदा उठाउने बलेले काभ्रे नै घर भएका कारण सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको समेत नाम भजाउने गरेका छन्। उनले मन्त्री बाँस्कोटाले ‘आफूले जे भन्यो त्यही मान्छन्’ भन्दै अरुलाई धाक लगाउने गरेका छन् ।

पक्राउ पर्ने अन्य अधिकांश काभ्रे जिल्लाका छन् । उनीहरु स्थानीय राम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रातोपाटीबाट साभार।


प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६  ०७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP