Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • राहत प्याकेजको माग गर्दै राष्ट्र बैंकलाई बुझायो खुद्रा व्यवसायी संघले ज्ञापनपत्र
राहत प्याकेजको माग गर्दै राष्ट्र बैंकलाई बुझायो खुद्रा व्यवसायी संघले ज्ञापनपत्र
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ४, २०७७ बागेश्वरी पोस्ट
राहत प्याकेजको माग गर्दै राष्ट्र बैंकलाई बुझायो खुद्रा व्यवसायी संघले ज्ञापनपत्र

नेपालगञ्ज । खुद्रा व्यवसायी संघ नेपालगञ्जले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।

कोभिड–१९ का कारण चैत ११ गतेदेखि लागू भएको लामो लकडाउनले आफ्नो व्यापार व्यवसाय चौपट भएपछि संघले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।

राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमा प्याकेजमा आफूहरुका लागि राहतको व्यवस्था गर्नुपर्ने माग राख्दै खुद्रा व्यवसायी संघले आज राष्ट्र बैंकको नेपालगञ्ज कार्यालय मार्फत् केन्द्रिय कार्यालयमा ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष शिव प्रसाद दाहालले बताउनुभयो ।लामो लकडाउनले आफ्नो व्यापार व्यवसाय ठप्प भएको र अहिले पनि जोखिम तीब्र गतिमा बढिरहेकाले सहजरुपमा व्यवसाय सञ्चालन हुन कति समय लाग्ने भन्नेबारे अन्यौल कायमै रहेकाले आफूहरुको मुद्दा सम्बोधनका लागि विशेष पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष दाहालले बताउनुभयो ।

ज्ञापनपत्रमा घरभाडा, बैंकको किस्ता र व्याज तिर्न आफूहरुले नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै संघले खुद्रा व्यवसाय गर्नेहरुको पीडा बुझिदिन पनि आग्रह गरेको छ । सबै व्यवसायलाई सोलोडोलो एउटै ठाउँमा राखेर हेर्न नहुने भन्दै साना व्यवसायीको समस्या समाधानका लागि विशेष पहल गर्न ध्यानाकर्षण गराइएको छ ।

राष्ट्र बैंकमार्फत् नेपाल सरकार अर्थ मन्त्रालयको पनि ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाले खुद्रा व्यवसायी संघले भोगिरहेका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको अध्यक्ष दाहालले बताउनुभयो ।

त्यस अवसरमा राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका उपनिर्देशकद्वय माधव पोख्रेल र राजु पौडेल, खुद्रा व्यवसायी संघका निवर्तमान अध्यक्ष भीम बहादुर रानाभाट, उपाध्यक्ष हिमनाथ पौडेल, सचिव युवराज काफ्ले र व्यवसायी प्रकाश शर्माको उपस्थिति थियो ।


प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP