नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज उपमहानगरपालिका स्वामित्वका सटरको भाडा नलिन खुद्रा व्यवसायीको आग्रह
नेपालगञ्ज उपमहानगरपालिका स्वामित्वका सटरको भाडा नलिन खुद्रा व्यवसायीको आग्रह
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार ८, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिका स्वामित्वका सटरको भाडा नलिन खुद्रा व्यवसायीको आग्रह

नेपालगञ्ज । खुद्रा व्यवसायी संघ नेपालगञ्जले नेपालगञ्ज उपमहानगरपालिका समक्ष अभिभावकत्व ग्रहण गरी व्यवसायिक तथा घरबहाल करमा शतप्रतिशत छुट दिन अनुरोध गरेको छ ।

संकटको घडीमा स्थानीय सरकारले थोरै लगानी गरी जिविकोपार्जन गर्ने खुद्रा व्यवसायीहरुको मर्का बुझ्नुपर्ने भन्दै संघले विशेष राहत प्याकेज ल्याउन उपमहानगरपालिका समक्ष माग गरेको छ । बैंकमा खप्टिएको व्याज, घरभाडा र सरकारका विभिन्न अंगहरुलाई बुझाउनुपर्ने करका कारण व्यवसायिक पूँजी नै समाप्त हुने अवस्था आएको भन्दै खुद्रा व्यवसायी संघले उपमहानगरपालिकाको स्वामित्वमा रहेका सटरहरुको लकडाउन अवधिभरको भाडा छुट दिन अनुरोध गरेको संघका अध्यक्ष शिवप्रसाद दाहालले जानकारी दिनुभयो ।

मेयर डा.धवल शमशेर राणा र उपमेयर उमा थापा मगरलाई ज्ञापनपत्र बुझाउँदै संघले उपमहानगरले लकडाउन अवधिको घर भाडा छुट दिँदा नगरमा व्यक्तिगतरुपमा घर बहालमा लगाएका घरधनीहरुलाई पनि निर्णय लिन सहज हुने बताएको छ । सरकारले घरभाडा छुटका लागि आग्रह गरिसकेको भएपनि स्थानीय सरकारले पनि त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि पहल गर्न जरुरी रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

अध्यक्ष दाहाल र सचिव युवराज काफ्लेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा घरबारीटोलदेखि बागेश्वरी मन्दिर हुँदै त्रिवणी मोडसम्म पुग्ने बाटो निर्माणमा भएको ढिलाईका कारण आवागमनमा कठिनाई हुनुका साथै दर्शनार्थी र व्यवसायीलाई अप्ठेरो परको भन्दै छिटो बाटो निर्माण गरी आवागमन सहज बनाउन ध्यानाकर्षण समेत गराइएको छ । ज्ञापनपत्र बुझ्दै मेयर डा.राणाले लकडाउन अवधिभरको भाडा छुट दिने विषयमा उपमहानगरपालिकाले छिट्टै निर्णय लिने बताउँदै अन्य करमा पनि के कति छुट दिन सकिन्छ भन्ने विषयमा उचित निर्णय लिइने बताउनुभएको संघका अध्यक्ष दाहालले बताउनुभयो ।

त्यस क्रममा अध्यक्ष दाहाल, संस्थापक अध्यक्ष भिम रानाभाट, उपाध्यक्ष हिमनाथ पौडेल, उपाध्यक्ष (महिला) प्रतिमा लम्साल, सचिव काफ्ले, कोषाध्याक्ष नेत्र बहादुर बन्जारा लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP