नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नरैनापुरले ल्यायो २०७७/७८ को नीति तथा कार्यक्रम
नरैनापुरले ल्यायो २०७७/७८ को नीति तथा कार्यक्रम
बजेट बुधबार आउने
बागेश्वरी पोस्ट
मंगलबार, असार ९, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरले ल्यायो २०७७/७८ को नीति तथा कार्यक्रम

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकामा मंगलबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहले ५० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै नरैनापुरलाई कोरोनारहित पालिका बनाउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ । कोभिड–१९ लाई नियन्त्रणमा लिन कुनै अभाव नहुने गरी बजेटको व्यवस्था मिलाउने, कोभिड महामारीका कारण विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुमा रहेको सिपको विवरण रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग, कृषि लगायतका क्षेत्रको रोजगारदातासंग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने, पालिकाभित्रका १६ बर्ष माथिका युवाहरुलाई सुरक्षा निकायमा रोजगारीका लागि छनोट हुन सहयोग पुग्ने उद्देश्यले आवश्यक तालिमको व्यवस्था मिलाउने, काम गर्ने उमेर र जोश जाँगर भएका युवायुवतीलाई व्यवसायिक तथा सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार तथा रोजगारीमा आवद्ध गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा विपन्न परिवारका महिलाहरुलाई उच्च अध्ययनमा सघाउन छोरी बुहारी छात्रबृत्ति कार्यक्रम, नयाँ जन्मिने हरेक छोरीको विमा गर्ने, आफ्ना बालबच्चालाई विद्यालय नपठाउने अभिभावकलाई वडा कार्यालय र गाउँपालिकाबाट दिइने सेवा प्रवाहबाट बञ्चित गर्ने, गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने, लोकसेवा आयोग तयारी कक्षाको व्यवस्था गर्ने, कृषि पकेट क्षेत्र घोषणा गर्दै व्यवसायिक कृषि खेतीलाई प्रोत्साहन गर्ने, कृषकलाई बगर खेतीका लागि प्रोत्साहन गर्ने, नश्ल सुधार कार्यक्रम अन्तर्गत् कृत्रिम गर्भाधारणका लागि आवश्यक मेसिन ल्याबको व्यवस्था गर्ने, युवा कृषकहरुको गाउँपालिका स्तरीय सञ्जाल बनाई तिनीहरुलाई अनुदान तथा सहयोगको व्यवस्था गर्ने विषयहरु समेटिएका छन् ।

त्यस्तै लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरबृद्धि गरी आँखा उपचार सहितको सेवा विस्तार गर्ने, सरसफाईमा वडा तथा बस्तीहरुबीचमा प्रतिष्पर्धाको वातावरण सिर्जना गर्ने, विद्यालयहरुमा प्रविधिमैत्री शिक्षण तथा भर्चुअल कक्षा संचालनको लागि आवश्यक व्यवस्था मिलाउने, विद्यालयमा कक्षा छोड्ने दर घटाई टिकाउदरमा सुधार गर्न तथा छात्रा सहभागितामा बृद्धि गर्न प्रोत्साहन कार्यक्रम संचालन गर्ने, गाउँपालिकामा एफएम रेडियो सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउने, नरैनापुर–अगैया सडकलाई शिघ्र निर्माण गर्नका लागि नेपाल सरकार, प्रदेश नम्बर ५ सरकार तथा राप्तीसोनारी गाउँपालिकासंग समन्वय गरी बाटो विस्तार कार्यलाई अघि बढाउने, औद्योगिक ग्राम स्थापना गर्ने, हुलाकी सडकदेखि वडा कार्यालयहरुसम्म पक्की सडकले जोड्ने लगायतका बुँदाहरु नीति तथा कार्यक्रममा उल्लेख छन् ।

गाउँसभा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंह, गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायतले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्नुभएको थियो ।

उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको गाउँसभाको सञ्चालन प्रशासन तथा जिन्सी इकाई प्रमुख भरत महतोले गर्नुभएको थियो ।








प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  २०:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP