prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • शिक्षा विकास र युवा
शिक्षा विकास र युवा
banijya office
बागेश्वरी पोस्ट
सोमबार, असार २९, २०७७ बागेश्वरी पोस्ट
शिक्षा विकास र युवा

रोबट राज उपाध्याय। अस्तव्यस्त राजनीति आफैँमा आफूसंगै पैंठेजोरी खेलेको छ । जंग वहादुर राणाको पालामा सन् १८५३ मा पहिलो चोटी दरबार हाइस्कुलको स्थापना भयो ।आजको दिनसम्म आइपुग्दा शिक्षा प्रणालीमा सुधार एकदमै न्युन रहेको छ ।

nepalgunj 081-082

नेपालको सन्दर्भमा हेर्ने हो भने हाल तीन प्रकारका विद्यालय रहेका छन् । गुरुकुल विद्यालय, निजी विद्यालय र सरकारी विद्यालय । गुरुकुल विद्यालय अहिले लोप भइसक्यो र निजी विद्यालय र सरकारी विद्यालय यथावत् नै रहेका छन् भने शिक्षा प्रणालीमा चाँहि परम्परागत शैली नै अपनाइएको छ ।

यसमा सुधारको एकदमै आवश्यकता रहेको छ । म एउटा लेख सम्झिन्छु-जब हातमा किताब लिएर गएको भुन्टेलाई देख्छु, डोल्पाकी झुमाले अस्पतालमा उपचार पाएको देख्छु, तराईकी फुलुवाको ओठमा मन्द मुस्कान देख्छु अनि सडक, संघियता र संगसंगै सिंहदरबार घरघरमा पुगेको सुन्छु । सायद शिक्षामा विकास भएको भन्न मिल्ला कि ? हाल कोराना माहामारीले निम्त्याएको विषम् परिस्थितिले विश्व समुदाय नै आक्रान्त र भयभित बनाएको छ, त्यसमा नेपाल पनि अछुतो रहन सकेको छैन ।

जसले गर्दा हाम्रो परम्परागत शिक्षा प्रणालीलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको छ । समयको मागलाई ध्यानमा राखी शिक्षा प्रणालीलाई विश्व समुदायसंग प्रतिष्पर्धा गर्न, परम्परागत शिक्षा प्रणाली भन्दा धेरै माथि उकास्न र गुणस्तरीय शिक्षा प्रणाली प्रदान गर्न अब नेपाललाई चुनौति भनुँ या अवसर ? शिक्षामा सुधार र वैकल्पिक शिक्षा प्रणाली अपनाउन यसले महत्वपूर्ण टेवा पुर्याउँछ ।

जसरी युरोपियन मुलुकहरुमा वैकल्पिक शिक्षा प्रणाली अपनाएर शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाइयो त्यसैगरी वैकल्पिक शिक्षा अपनाएर नेपालको शिक्षा क्षेत्रमा पनि आमुल परिवर्तन ल्याई मुलुकले देखेको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउन महत्वपूर्ण भूमिका रहन्छ । सन् १९९३ मा नेपालमा पहिलोपटक इन्टरनेटको सुरुवात भयो ।

सुरुवात कालदेखि आजको दिनसम्म आइपुग्दा लगभग ३ दशक बितिसकेछ तर ग्रामीण भेगमा भने अझैँ पनि इन्टरनेटको पहुँच पुर्याउन सकेको छैन । यही सन्दर्भलाई जोड्दै गर्दा मलाई ती सुनौला अविस्मरणीय पल याद आउँछ-भर्खरै हुम्लाबाट आएको मेरो परम् मित्रले भनेका थिए-काठमाण्डौ जान त ठूलो हवाइजहाज चाहिन्छ रे ! त्यो कुरा सम्झँदा मलाई बच्चा बेलाको गफ भनुँ वा काँचो दिमाग भन्ने महसुस हुन्छ । सायद अझैँ शिक्षामा सुधार नभएको हो कि ?

डिजिटल शिक्षा आजको अपरिहार्य आवश्यकता हो भने भोलिको दिनमा शिक्षा र विकासको क्षेत्रमा जादुको छडी हो । अर्को पाटो हेर्ने हो भने विकासका पूर्वाधार पनि सिमित नै रहेका छन् । वास्तवमा विकास के हो त ? यसमा ठूलै प्रश्न चिन्ह गर्दा फरक नपर्ला । एकथरी मानिस विकासलाई समयको गति भन्दछन् भने अर्कोथरी मानिसहरु विकासलाई मानव जीवनमा आएको परिवर्तन भन्दछन् ।

नेपालको परिप्रेक्ष्यमा हिमाल, पहाड र तराईमा विकासलाई फरक–फरक दृष्टिकोणले हेरेको पाइन्छ । जस्तो-हुम्ला र जुम्लाका मानिसलाई विकास भनेको बाटोघाटो हो भने सहरमा बस्ने मानिसलाई विकास भनेको शिक्षा र रोजगारी हो । समान्यतया विकास भन्नाले सकारात्मक परिवर्तनको आधार हो । सायद यसमा कुनै विवाद छैन भन्न पक्कै नमिल्ला ।

Gunnar Myrdal का अनुसार “विकास एउटा त्यस्तो प्रकिया हो जसले अविकसित क्षेत्रको पुनः उत्थान गरी गरिवीको रेखाभन्दा माथि उकास्न मद्दत गर्दछ”। कतिपय मानिसले विकासलाई विनासको विपरितार्थ शब्दकोरुपमा पनि लिने गरेको पाइन्छ । जहाँ विनास हुन्छ त्यहाँ विकास पनि हुन्छ । यो कुरामा कत्तिको सत्यता छ त्यसमा अझैँ अलमल नै रहला । सायद विकासको गति हाम्रो देशको हकमा अलिक नपुग होकि?

युवा को हुन् त ? समान्यतया युवा भनेको आफ्नो बाल्य अवस्था पार गरी बुढौली लाग्नु भन्दा अगावैको जमात हो युवा, जो जोश, होश र सोचका साथ नयाँ परिस्थिति र नयाँ परिवेशको सृजना हो युवा । देशलाई दुख्दा मलम लगाउने, धर्ती हल्लँदा काध थाप्ने जमात हो युवा, राज्यलाई सही मार्गमा डोर्याउने संवाहक हो युवा, नयाँ सोचले आमुल क्रान्ति ल्याउने अन्वेषक हो युवा ।


प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १८:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP