prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • डेमोक्रेसी भर्सेज ब्युरोक्रेसी
डेमोक्रेसी भर्सेज ब्युरोक्रेसी
banijya office
बागेश्वरी पोस्ट
सोमबार, भदौ २२, २०७७ बागेश्वरी पोस्ट
डेमोक्रेसी भर्सेज ब्युरोक्रेसी
मनिषराज रेग्मी

मनिषराज रेग्मी । २०४६ सालमा जनमानसले एतिहासिक जनआन्दोलनबाट नेपाल समृद्ध बन्छ, अब जनताकाे छाेराहरुले जनचाहना अनुसार शासन चलाउने छन् भनेर ठुलाे आशा र भराेसा राखेका थिए, ३० बर्षे निरँकुश पँचायती ब्यवस्थाकाे अन्त्य सँगसँगै परिवर्तनकारी शक्तिहरुले छाेटाे समयमा बिश्वकै उत्कृष्ट संविधान भन्दै २०४७ सालमा जारी गरे र त्यसको नेतृत्व गर्ने पार्टीलाई अर्थात नेपाली काँग्रेसलाई ५ बर्ष शासन गर्ने म्याण्डेट दिए, २०४९ सालमा स्थानीय निर्वाचन भयाे, जनप्रतिनिधिमुलक शासन प्रारम्भ भयाे तर सत्ता परिवर्तनकाे असर ब्यवस्थामा परेन, कर्मचारीको भरमा कार्य सम्पादन हुँदै गयाे, ३० बर्ष भन्दा बढी सँघर्ष गरेका नेताहरु कर्मचारीलाई पैसा कमाउने जरियाकाे रुपमा प्रयाेग गर्दै गए, पुराना कर्मचारीकाे ठाउमा राजनीतिक दलका कार्यकर्तालाई भर्ना गर्न थालियो, बामपंथी र प्रजातान्त्रिक धारका कर्मचारी सँगठनहरु भातृ शुभेच्छुक सँस्थामा परिणत भए, न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिकामा नियुक्तिको मूल्य तह हुँदै गयाे, कार्यसम्पादन क्षीण हुँदै जादा जनतामा सत्तारुढ दलप्रतिकाे अविश्वास बढयाे र आफ्ना कर्मचारीलाई प्रयाेग गरि बहुमतको सरकार ढाल्दै भ्रष्टाचारको खुला खेल शुरु भयाे, गणितीय खेलमा पैसा नभई नहुने भयाे र श्राेत कर्मचारीनै थिए, जुन ब्युराेक्रेसि लाई प्रयाेग गरेर सत्ताकाे लागि भर्याङ बनाईयाे, प्रतिपक्षलाई सडकमा आन्दोलन गर्न सहयोग गर्ने पनि कर्मचारी, सत्तापक्ष सित मिलेर कमाउने पनि कर्मचारी, बीचमा व्यापक सेवा सुविधा माग गर्दै कर्मचारी आन्दोलन र शिक्षक आन्दोलन भयाे जसलाई गिरिजाप्रसादको सरकारले असफल त बनायो, ब्युराेक्रेसिले त्यसलाई चाकडिवादकाे रुपमा आफुलाई परिवर्तित गर्दै सत्ताकाे रिमाेट उसैबेला आफ्नो हातमा लिनपुगिसकेकाे दलहरुलाई थाहा नै हुन सकेन । ०५१ सालमा बहुमतको गिरिजाप्रसादको सरकार दुईजना आफ्नै पार्टीका साँसदले ढालिदिए र सत्तारूढ दल नेपाली काँग्रेस कर्मचारी बिराेधी स्वरुपकाे कारणले प्रतिपक्षी हुन पुग्याे।

nepalgunj 081-082

०५१ काे सरकार कर्मचारीको हातकाे कठपुतली बन्याे, नेता तथा उच्च पदस्थका घरहरु काठमाडौंमा बन्न थाले, नेपालमा अस्थिर सरकार कमजोर सरकार भयाे भने आफ्नो औचित्य कहिले सकिदैन भन्ने नजीर स्थापित हुन पुग्यो, डेमोक्रेसी लाई ब्युराेक्रेसिले धाेबीपछाड लाउदै गयाे, ०५८ सालकाे दरबार हत्याकाण्ड पछि डेमोक्रेसी र ब्यराेक्रेसिकाे गठबन्धनको अस्थायी अन्त तत्कालीन राजा ज्ञानेन्द्र बाट कु मार्फत भयाे, ज्ञानेन्द्र शाहलाई पनि सत्ता चलाउन पुर्व प्रशाशक अर्थात ब्युराेक्रेसिका चतुर खेलाडीहरुको साथकै आवश्यकता भयाे, शासन अप्रत्यक्ष ब्युराेक्रेसि कै रहदै आयाे, जनयुद्ध गरेर आएका प्रचण्डलाई साथमा लिएर शाही शासनकाे अन्त त भयाे तर ब्युराेक्रेसि कमजोर भएन, तेई ब्युराेक्रेसिले भित्ते राष्ट्रपति प्रचण्डलाई प्रधानमन्त्री बनाउने बाटाे खाेल्याे र तेई ब्युराेक्रेसिकाे अँग प्रधान सेनापति रुक्माङ्गद कटुवालसित पाेठेजाैरी खेल्न लगाएर सत्ताबाट यसरी फालियाेकि आज १३ बर्ष पुग्दा सम्म सत्तामा फर्किन पाएका छैनन्। जनताको आशाको रुपमा उदय भएका बिद्वान डाक्टर बाबुराम भट्टराईलाई यसरी असफल बनायो कि आज साना साना पार्टीको भरमा राजनीतिमा टिक्न बाध्य हुनुपरेकाे छ, सम्पुर्ण दल असफल भईसकेपछि ब्यराेक्रेसि काे सफलताकाे आकलन प्रधानन्यायाधीशलाई मन्त्री परिषद्को अध्यक्षमा पुर्याउन मात्रै हाेईन सफल निर्वाचनको खाका समेत बन्न पुग्याे। 

कर्मचारीले गराईदेकाे निर्वाचनकाे परिणामस्वरूप गठित सुशील काेईरालाकाे सरकार संविधान जारी त गर्न सक्याे तर जनताकाे अन्य चाहना पूरा गर्न सकेन, ब्युराेक्रेसिकाे खेलमा काँग्रेस फस्याे , निर्वाचनमा नराम्रो पराजय भाेग्नु पर्याे।

अहिले दुईतिहाईकाे सरकार पनि ब्युराेक्रेसिकाे चँगुलमा छ, स्पष्ट छ सरकारलाई बदनाम गराउने अप्रत्यक्ष हात ब्युराेक्रेसिकै छ, पुर्व गभर्नर,  पुर्व एआईजीहरु सत्ता नजीक छन्। सरकार दुईतिहाईकाे भएपनि कुन दिन ढल्ने निश्चित छैन, प्रधानमन्त्रीलाई पार्टीकै बिराेधी फकाउने चटाराे छ, बिश्वब्यापी महामारीको काेभिड १९ काे बखत उटपट्याङ कुरा गरेर दिशाभ्रमित गराउदै औषधी, राशन, उपकरण र अन्य ब्यवस्थापन काे नाममा ब्युराेक्रेसिका नाईकेहरु राज्यदाेहन गरीरहेका छन्। बदनाम दल र दलका नेता भईरहेकै छन्। तल बाट माथि सम्म, स्थानीय देखि सँघियसम्म अप्रत्यक्ष शासन यीनै धमिरा बाट बाघ बनी सकेका ब्युराेक्रेटहरुकाे हातमा ढुकुटिकाे साँचाे छ, ब्यवस्था परिवर्तन भन्दा महत्त्वपूर्ण सँरचना परिवर्तन हुन्छ, कर्मचारी समायोजन सरकारले गर्न सकेन आफ्नो आवश्यकता अनुरुप, बरु सँघ र सँगठनकाे भागबण्डामा कुरा मिलेकाे छ।

डेमोक्रेसीकाे छातीमा किला ठाेकेर अप्रत्यक्ष शासन गर्ने ब्युराेक्रेसिलाई सुधार गर्ने दिशामा ध्यानाकर्षण हाेस।यिनैकाे सहारामा भईरहेकाे बिदेशी चलखेल राेकिनेछ, यिनैकाे आडमा भईरहेकाे कालाबजारी, माफियातन्त्र सक्किनेछ, त्यसाे भएमात्र भ्रष्टाचारको उन्मुलन हुनेछ, साच्चिकै लाेकतान्त्रिक गणतन्त्र नेपालकाे नागरिक भएकाे मा गाैरवबाेध हुनेछ ।

(लेखक मनिषराज रेग्मी नेपाली काँग्रेस बाँकेका युबा नेता हुनुहुन्छ । )


प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १२:१३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP