Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्ज भन्सारमा चालु आवको दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
नेपालगन्ज भन्सारमा चालु आवको दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ६, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्ज भन्सारमा चालु आवको दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
नेपालगन्ज भन्सार कार्यालय

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगन्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ । चालु आवको पहिलो महिनामा नेपालगन्ज भन्सार कार्यालयले रु एक अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।

उनका अनुसार साउन महिनामा रु ९४ करोड ७५ लाख छ हजार राजश्व उठाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा रु ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व सङ्कलन भएको छ । भदौ महिनामा राजश्व सङ्कलन लक्ष्य रु एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा अधिक रु एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएको छ ।

बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत निरौलाको भनाइ छ । कोरोना महामारीका कारण नेपाल–भारत जमुनाह सीमा नाका बन्द रहे पनि नेपालगन्ज भन्सार कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै निरौलाले भने, “पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चा पदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनकरूपमा राजश्व सङ्कलन भएको हो ।”

नेपालगन्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । अहिले नेपालगन्ज नाकाबाट फलफूल तथा तरकारीजन्य पदार्थ र मानिसको आवागमनमा भने पूर्णरूपमा रोक लगाइएको निरौलाले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयबाट गत आव २०७६/७७ मा रु साढे तीन अर्ब राजश्व घाटा भएको थियो । रु १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा रु ११ अर्ब ७७ करोड आठ लाख मात्र राजश्व सङ्कलन हुँदा रु तीन अर्ब ६६ लाख राजश्व घाटा भएको हो । 

कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्दाबन्दी भएपछि भन्सारको राजश्व असुलीमा कमी आएको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिए । उनका अनुसार गत आवमा कुल लक्ष्यको करिब ७६ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको थियो । राजश्व सङ्कलन हुने मुख्य समयमा कोरोना भाइरसका कारण बन्दाबन्दी हुँदा त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा परेको थियो । 

“नेपालगन्ज भन्सारको राजश्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ हो, लकडाउनका कारण सवारी साधन ठप्प हुँदा पेट्रोलियम पदार्थ आयात कमी भई राजश्व असुलीमा असर परेको हो”, प्रमुख भन्सार अधिकृत निरौलाले भने, “लकडाउनका कारण चैत, वैशाख र जेठमा राजश्व असुलीको लक्ष्य नपुगेका कारण राजश्व घाटा हुन पुगेको हो ।”


प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP