नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • बाँकेमा स:मिल छापा प्रकरण: छोडपुर्जी बिना अर्को जिल्लाबाट कसरी आइपुग्यो!
बाँकेमा स:मिल छापा प्रकरण: छोडपुर्जी बिना अर्को जिल्लाबाट कसरी आइपुग्यो!
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ७, २०७६ बागेश्वरी पोस्ट
बाँकेमा स:मिल छापा प्रकरण: छोडपुर्जी बिना अर्को जिल्लाबाट कसरी आइपुग्यो!

बाँके ।बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६  मा रहेको न्यु कोहलपुर स:मिल शुक्रवार छापा मार्दा भेटिएको ठूलो परिमाणको अबैध सालको काठ शनिबार दिनभरी नापी गर्दा पनि अझै पूरा नापजाँच गरेर सकिएको छैन ।

शुक्रवार र शनिबार दुई दिन नापी गरि लिईएको लगत अनुसार उक्त काठको स्थानीय बजार मूल्य ३५ लाख बढिको पाईएको छ । मिलमा कागजात (छोडपुर्जी) बिनाको र बिना टाँचाको काठ भेटिएको कोहलपुर सब डिभिजन वन कार्यालयका वन अधिकृत राम कुमार चौधरीले बताए। उनले भने, ‘छापा मार्दा भेटिएको काठको छोडपुर्जी पनि छैन काठमा कुनै टाँचा पनि छैन ।’ यति ठूलो परिमाणमा अबैध काठ कहाँबाट र कसरी मिल सम्म आईपुग्यो अनुसन्धान पछि खुल्ने उनले बताए । शुक्रबारबाट नापि गरेर लगत लिन खोजिए पनि शनिबारसम्म नापजाँच गर्दा अझै पूरा नापी लगत लिन नसकिएको डिभिजन वन कार्यालय बाँकेका वन अधिकृत रमेश बुढाथोकिले बताए ।

‘बरामद काठ शुक्रवार र शनिबार नापी गर्दा पनि अझै सकिएन, बाँकि रहेको काठको नापी लगत भोलि सम्म सकिएला ।’ – उनले भने । उनका अनुसार आज शनिबार सयौं थान गोलिया र सयौं थान चिरान काठ नापी गरेर लगत लिईएको छ । शनिबार नापी गरिएको २ सय ७८ थान गोलियाको परिमाण ६५५।१८ क्युफिट र ५२९ थान चिरानको ३३३।८९ क्युफिट परिमाण निस्केको वन अधिकृत बुढाथोकीले बताए । बुढाथोकीका अनुसार शनिबार नापी गरिएको काठको स्थानीय बजार मुल्य २५ लाख बढी रहेको छ । शुक्रबार नापि गरिएको चिरान काठ ३३० थान रहेको र उक्त चिरान काठको परिमाण १९३।९८ क्यु फुट रहेको थियो त्यस काठको मात्रै स्थानीय बजार मुल्य झण्डै १० लाखको रहेको थियो । काठको पुरै नापी लगत लिएर अझै नसकिएको हुनाले के कति परिमाणको काठ हो भन्ने अझै भन्न नसकिने र पक्राउ परेका व्यक्तीसङ्ग बयान लिएपछी मात्र सबै कुरा खुल्ने डिभिजन वन कार्यालय बाँकेका निमित्त डिभिजनल वन अधिकृत गणेश खड्काले बताए ।

‘काठको नापी लगत लिने कार्य जारी छ, बरामद पुरा काठको लगत लिइसकेपछी र पक्राउ परेका व्यक्ति सङ्गको सोधपुछ पछि मात्र सबै कुरा खुल्ने छ, अहिले हामी गहिरो अनुसन्धान गर्दैछौं, यस कार्यमा जो जो सङ्लग्न छन सबैलाई कानुन अनुसार कारवाही गर्छौं ।’ – उनले भने । यति ठूलो परिमाणको अबैध काठ समिल सम्म कसरी छोडपुर्जी बिना आईपुग्यो आश्चर्यको बिषय बनेको छ । एक जिल्लाबाट अर्को जिल्लासम्म काठ निर्यात गर्दा काठ बोक्ने गाडीमा शिल भएको हुनुपर्छ, कागजात (छोडपुर्जी)मा दरपीठ भएको हुनुपर्छ ।

सम्बन्धित वन कर्मचारीले काठमा टाँचा छ कि छैन ? सहि घाटगद्दिबाट काठ उठेको छ कि छैन रु जस्ता कुराहरु निर्क्यौल गरेर सम्बन्धित जिल्लाको स्थानान्तरण सहमतिबाट मात्र काठ आयातरनिर्यात हुने गर्दछ। बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर – ६, एच गाउँमा रहेको न्यु कोहलपुर समिल (काठ चिर्ने मिल) मा शुक्रवार दिउँसो डिभिजन वन कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले छापा मारी ठूलो परिमाणमा अबैध सालको काठ बरामद गर्नुका साथै एक व्यक्ती समेत पक्राउ गरेको थियो ।


प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP