prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • पार्टीको झन्डा फहराउने ठाउँ मेलम्ची होइन, लिम्पियाधुरा
पार्टीको झन्डा फहराउने ठाउँ मेलम्ची होइन, लिम्पियाधुरा
banijya office
धर्मेन्द्र झा
आइतबार, असार ६, २०७८ धर्मेन्द्र झा
पार्टीको झन्डा फहराउने ठाउँ मेलम्ची होइन, लिम्पियाधुरा

अहिले नेपालका केही ठाउँमा राहत राजनीति जोडतोडले चलेको कन्टिर–बाबूको ठम्याइ छ । मधेसतिर एक भनाइ प्रचलित छ– छौडा–छौडी ताकए बाटघाट कखन हेतै भोजभात । अर्थात कसै–कसैको ध्याउन्न कुन बेला भोज खान पाइन्छ भन्नेमै केन्द्रित हुन्छ ।

nepalgunj 081-082

कन्टिर–बाबूलाई लाग्छ– विभिन्न नाममा राहत बाँड्न खोज्नेहरू पनि यस्तै हुन् । सुत्केरीको निहुँ पारी टाउको खान पल्केकाहरू यस्ता घटना भइरहुन् र आफूहरूलाई राहत बाँड्ने अवसर प्राप्त भइरहोस् भन्ने चाहन्छन् । यी राहत वितरकहरू उपत्यकाका त्यस्तै पत्रकारजस्ता हुन्, जो प्रत्येक बिहान आज कुन तारे होटलमा कार्यक्रम छ भनेर खोजी गर्ने बानी परेका छन् ।

अरे यार, हुनु त के पर्ने हो भने राहत वितरण गर्नुपर्ने अवस्था नै नआओस् । यस्तो अवस्था आउँदा सबैलाई दुःख लागोस् । तर नेपालमा उल्टो भइरहेको छ । यहाँ केही मानिस यस्तो विषम अवस्था निरन्तर आइरहोस् भनी भगवानसँग प्रार्थना गर्नेहरू पनि छन्, जसको प्रतिबिम्ब कतिपय राहत वितरण गर्नेहरूको मुहारमा झल्किरहेको खुसीमा देख्छन् कन्टिर–बाबू ।

मेलम्चीका बाढी–पीडितलाई राहत बाँड्ने सन्दर्भमा पार्टीको झन्डाको विषयलाई लिएर दुई समूहबीच मारमुङ्ग्री नै भयो । हैट्, राजनीति !

कन्टिर–बाबू भन्छन्– यतिमात्र कहाँ हो र ! राहतलाई भोटको राजनीतिसँग जोड्न खोज्नेहरूको पनि यहाँ कुनै कमी छैन । केही व्यक्ति पार्टीको झन्डा लिएर राहत वितरण गर्न गएका उदाहरण पनि छन् । नगरपालिका वा गाउँपालिकको खर्चमा वितरण गरिएको चामलको बोराभित्र जनप्रतिनिधिआबद्ध दलको पर्चा भेटिएको घटना पनि सार्वजनिक भएकै छन् ।

ले घाँस ! अस्ति मेलम्चीका बाढी–पीडितलाई राहत बाँड्ने सन्दर्भमा पार्टीको झन्डाको विषयलाई लिएर दुई समूहबीच मारमुङ्ग्री नै भयो । हैट्, राजनीति !

कन्टिर–बाबूको प्रश्न छ– कहिल्यै तोरीको फूल नदेखेकाहरू, दुःख परेको ठाउँमा तिमीहरू झन्डा फहराउन गा’को कि राहत बाँड्न ? ए अधकपारीहरू हो, झन्डै फहराउनु छ भने लिम्पियाधुरामा गएर फहराओ न, मेलम्ची किन जानुपर्‍यो ?
 


प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १६:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP