Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • खजुरा गाउँपालिकाको बजेट ७५ करोड ९३ लाख ४० हजार 
खजुरा गाउँपालिकाको बजेट ७५ करोड ९३ लाख ४० हजार 
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १०, २०७८ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकाको बजेट ७५ करोड ९३ लाख ४० हजार 
उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एकमाया विकले विहीवार प्रस्तुत गर्दै

खजुरा (बाँके) । खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ७५ करोड ९३ लाख ४० हजारको बजेट ल्याएको छ । डालोमा बजेट बोकेर नवौं गाउँसभामा प्रवेश गरेकी उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एकमाया विकले आज प्रस्तुत गरेको उक्त बजेट सर्बसम्मतले पारित भएको छ । 

संघीय सरकारबाट सशर्त अनुदान ३१ करोड ९८ लाख, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकारबाट सशर्त २ करोड ८५ लाख ४४ हजार, विशेष अनुदान ६० लाख रहेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अध्यक्षता गरेको गाउँसभामा प्राप्त अनुदान र अनुमानित आय ३८ करोड ९९ लाख ९६ हजार मध्ये पूँजीगततर्फ २० करोड ५८ लाख ३० हजार र चालू खर्चतर्फ १८ करोड ४१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष विकले संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ८६ लाख ५२ हजार, समानिकरण अनुदान १५ करोड ९८ लाख, समपुरक अनुदान ४२ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान ७५ लाख ८५ हजार राजश्व बाँडफाँड तथा सवारी साधन कर ९२ लाख १३ हजार ५२३, राजश्व बाँडफाँड जग्गा रजिष्ट्रेशन १ करोड ९० लाख, समपुरक १ करोड ५० लाख र आन्तरिक स्रोतबाट आन्तरिक राजश्व १ करोड ७० लाख, आर्थिक वर्ष २०७६/०७७ बाट बाँकी हुने रकम (अल्या) ५ करोड ९९ लाख ४७७ रहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष विकले प्रस्तुत गरेको बजेटले कृषिको आधुनिकीकरण, व्यवसायिकमार्फत् कृषि उत्पादनमा जोड दिएको छ । 

कोभिड १९ नियन्त्रण तथा त्यसबाट सृजित समस्या समाधान, कृषि उत्पादन मार्फत् बेरोजगारी समस्या समाधन र गरिबी निवारण, आर्थिक विकास, राजश्वको स्रोत पहिचान संकलन र परिचालन, सेवा प्रवाह, सुशासन संस्थागत विकास, जनसहभागिता, लैंगिक समानता, समावेशीकरण, वातावरण संरक्षण, विपद व्यवस्थापन स्थान विशेषको सांस्कृतिक पहिचान, आधुनिक, व्यवस्थित र ग्रीन सिटीको विकास गर्ने कुरामा जोड दिएको छ । 

बजेट छलफलमा सभा सदस्य फिरोज खान, डिल्लीप्रसाद खनाल, सिता गुरुङ, जगबहादुर विक, किस्मत अलि साई, हजुरा बलमेले भाग लिनुभएको थियो । खजुरा गाउँपालिकाको आर्थिक विधेयक २०७८ अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, न्यायिक समितिको वार्षिक प्रतिवेदन र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव मणिराम खराल प्रस्तुत गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पनि सर्वसम्मतले पारित भएको छ । 

यसअघि बुधवारै अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भइसकेको छ । यसैवीच खजुरा गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सहयोगी दातालाई सम्मान गरेको छ । 

खजुरा गाउँपालिकाका कर्मचारी पुरस्कृत
खजुरा गाउँपालिकाले वार्षिकरुपमा उत्कृष्ट काम गर्ने कर्मचारी पुरस्कृत र सम्मान गर्ने क्रममा यसपाली पनि विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पुरस्कृत गरेको छ । 

लेखा अधिकृत प्रदीप सुनार, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, प्राविधिक शाखा प्रमुख सोनु शाह, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रोजगार प्रमुख प्रतिक्षा न्यौपाने, राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकाल, वडा नं. २ का सचिव ताराप्रसाद अधिकारी, कर संकलन होमबहादुर घर्ती, रनियापुर स्वास्थ्य चौकी प्रमुख पृथ्वीनाथ योगी, अहेव जीवन यादव, स्वास्थ्य शाखाका संजीव न्यौपानेलाई पुरस्कृत गरिएको छ । 

उहाँहरुलाई पालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नगद पुरस्कारका साथै दोसल्ला ओढाएर सम्मान सम्मान गर्नुभएको हो । 
 


प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP