नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • राप्तीसोनारी गाउँपालिकाको नीति तथा कार्यक्रम सर्बसम्मतरुपले पारित
राप्तीसोनारी गाउँपालिकाको नीति तथा कार्यक्रम सर्बसम्मतरुपले पारित
banijya office RSG-2
८२ करोड ३८ लाख बराबरको बजेट प्रस्तुत
बागेश्वरी पोस्ट
बिहीबार, असार १०, २०७८ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाको नीति तथा कार्यक्रम सर्बसम्मतरुपले पारित

अगैया बाँके । राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । राप्ती सोनारी गाउँपालिकाको सभाकक्षमा बिहीबार (आज) आयोजित नवौं गाउँसभा तथा बजेट अधिवेशनमा
गाउँपालिका अध्यक्ष लाहुराम थारुले नीति तथा कार्यक्रम र उपाध्यक्ष धनीकुमारी खत्रीले बजेट प्रस्तुत गर्नु भएको हो । 

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी उक्त बजेट प्रस्तुत गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो । संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटा वडामा बजेट विनियोजन गरेको छ ।

जस अनुसार वडा नम्बर १ र २ मा २/२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्य लगायतका लागि ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास शाखा, कृषि पशु लगायतका लागि ८० लाख, पुर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ । गुणस्तरिय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको वजेट बक्तव्यमा उल्लेख छ ।

गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिका क्षेत्रभित्र पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिएर समावेश गरिएको छ । 

गाउँपालिका अध्यक्ष थारुले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध राप्ती सोनारी नारालाई ब्यवहारमा उतार्न विकासका प्राथमिकता र बजेट तर्जुमाको आधारलाई प्रस्तुत गरेको बताउनु भयो । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्राप्त हुने रचनात्मक सुझावलाई मार्गदर्शनको रुपमा लिई सबैको संयुक्त प्रयास, समन्वय, सहकार्य र अपनत्वबोधबाट राप्ती सोनारीको विकासमा कोशेढुंगा सावित हुने विश्वास
गरिएको छ । 

प्रस्तुत नीति तथा कार्यक्रम बिहीबार नै सर्बसम्मत रुपले पारित भइसकेको छ ।

गाउँ सभामा राप्तीसोनारी ७ का वडाअध्यक्ष एवम् सभाका सदस्य रामलखन थारुले भौगोलिक क्षेत्रफलका हिसाबले धेरै ठुलो भएकाले जनताको काम काजलाई सहज बनाउन राप्तीसोनारी गाउँपालिकालाई अलग गरेर दुई वटा गाउँपालिका बनाउनुपर्ने भन्दै नीति तथा कार्यक्रममा यसलाई समावेश गरियोस् भन्ने प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्तावमा वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत र वडा नम्बर ९ का वडाअध्यक्ष महाबिर ओलीले समर्थन गर्नु भएको थियो । 

यस्तै गाउँ सभामा प्रस्तुत भएको बजेटका विषयमा ब्यापक छलफल र परिमार्जन गर्नका लागि सभाका सदस्यलाई एक हप्ताको समय दिइएको छ । गाउँसभा यही असार १७ गते दिउँसो १२ बजे पुनः बस्ने तय भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।

असार १७ गते पुनः बस्ने गाउँसभाले प्रस्तुत बजेट पारित गर्ने उहाँले बताउनु भयो ।


प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP