Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • राप्ती सोनारी गाउँपालिकाले कर नबढाउने
राप्ती सोनारी गाउँपालिकाले कर नबढाउने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २२, २०७८ बागेश्वरी पोस्ट
राप्ती सोनारी गाउँपालिकाले कर नबढाउने

राप्तीसोनारी (बाँके) ।  राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि कर नबढाउने भएको छ । गाउँपालिकाको जारी नवौं गाउँ सभाले यस्तो निर्णय गरेको हो । 

गाउँपालिकाको कार्यालय अगैयामा मंगलबार गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सभा बसेको गाउँसभाले कुनैपनि बस्तुमा कर नबढाउने निर्णय गरेको हो । कर नबढाउने प्रस्तावलाई गाउँसभाका बहुमत सदस्यले सर्मथन गर्नु भएको थियो ।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले आगामी वर्षका लागि करको दायरा नबढाउने बताउनु भयो । गतवर्षकै करलाई यथावत गरिएको उहाँको भनाई थियो । ‘हामीलाई प्राप्त सुझाव अनुसार आगामी वर्षको लागि कुनैपनि कर बढाएका छैनौ, गतवर्ष कै करलाई यथावत राखेका छौँ,’ उहाँले भन्नुभयो ।

सो क्रममा बोल्दै सभाका सदस्य टिकाराम बस्नेतले जनताको ढाँड सेक्ने गरी गाउँपालिकाले आगामी वर्षका लागि कर बढाउन नहुने धारणा राख्नु भएको थियो । जनप्रतिनिधी भएर काम गर्ने यो नै अन्तिम वर्ष भएको बताउँदै जाने बेलामा जनतालाई करको भारी बोकाउन नहुने तर्क गर्नुभयो ।

सभाका सदस्य जितबहादुर थारुले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ जनसंख्याको हिसाबले ठुलो वडा भएपनि बजेट कम विनियोजन भएको बताउनु भयो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम् सभाका सदस्य रामलखन थारुले गाउँपालिकाले गरेका निर्णय कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभयो । गाउँपालिकाले कतिपय निर्णय गरेपनि त्यसलाई कर्मचारीको संयन्त्रले कार्यान्वयनमा कन्जुस्याई गरेको उहाँको भनाई छ । 

सो क्रममा गाउँ सभाका सदस्य रामलौटन थारु, रति ओली लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यको उपस्थिती रहेको थियो ।

यही असार १० गतेबाट सुरु भएको सभामा आगामी वर्षको बजेट, गाउँपालिकाको समग्र विकास गर्ने विषयमा छलफल भएको छ ।

गाउँपालिकाको नवौं सभा यही असार २९ गते दिउँसो १ बजे पुनः बस्ने तय भएको प्रमुख प्रशासकीय अधिकृतब लोकबहादुर शाहीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP