नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा
गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २९, २०७६ बागेश्वरी पोस्ट
गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा

भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ ।
विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।
“टर्मिनल भवनमा अहिले फिनिसिङ र उपकरण जडानको काम भइरहेको छ । त्यस्तै धावनमार्गको सिभिल निर्माणतर्फको काम सबै सकेर अहिले लाइट जडानको काम अगाडि बढेको छ”, उहाँले भन्नुभयो । समग्रमा विमानस्थलको भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको उहाँले बताउनुभयो । सबै उपकरण आइसकेको र जडानको काम मात्र बाँकी रहेकाले अब भौतिक प्रगति स्वतः बढ्ने आयोजनाले जनाएको छ । धावनमार्गका बत्ती तथा सञ्चार उपकरण पुसभित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनाभित्र जडान पूरा हुने आयोजनाले जनाएको छ ।
बुद्ध पूर्णिमामा विमानस्थल सञ्चालनको लक्ष्यसहित काम अघि बढेको तथा अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम विभाग तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आईसीभी १ अन्तर्गतका भौतिक पूर्वाधारका सबै काम सक्नुपर्ने थियो । तर विभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बर सम्ममा निर्माणको काम सक्नुपर्ने म्याद दिइएको छ ।
सरकारले छ अर्ब ८२ करोड रुपियाँमा आईसीभी १ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रन–वे, ट्याक्सी–वे, एप्रोन टर्मिनल भवन, टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो । त्यस्तै आईसीभी २ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणका लागि ५० करोड रुपियाँ विनियोजन भएको छ । यो विमानस्थल निर्माण गर्न एसियाली विकास बैङ्क (एडीबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ । ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । gorkhapatra


प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  ०७:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP