नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • धारा नेपालगन्ज म्याराथनका प्रायोजकहरु उत्साहित
धारा नेपालगन्ज म्याराथनका प्रायोजकहरु उत्साहित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ५, २०७६ बागेश्वरी पोस्ट
धारा नेपालगन्ज म्याराथनका प्रायोजकहरु उत्साहित

नेपालगन्ज । पाँचौं धारा नेपालगन्ज म्याराथनको सफल आयोजनाबाट साझेदार तथा सरोकारवाला उत्साहित बनेका छन् ।
आयोजक क्रियटिभ ह्याण्ड्सले आयोजना गरेको समिक्षा तथा कदर पत्र वितरण कार्यक्रममा मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले आफुले सोचेको भन्दा म्याराथन उच्च स्तरको भएको बताए । ‘हामीले दुई बर्षका लागि सम्झौता गरेका हौं, तर भव्य आयोजनाबाट हामी निकै उत्साहित छौं र निरन्तरता दिने सोंच बनाइसकेका छौं ।’ उनले भने –‘बोर्ड बैठकमा यसबारेमा छलफल हुनेछ र स्पोन्सर रकम बृद्धि गरी अघि बढ्ने बारेमा निर्णय हुनेछ ।’ केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा तेल यस बर्षदेखि नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सरका रुपमा अघि आएको छ ।

त्यसैगरी सहप्रायोजक आशीर्वाद पेन्ट्सका अध्यक्ष किरण गिरीले नेपालगन्ज म्याराथनसँगको साझेदारीलाई निरन्तरता दिइने बताए । ‘हामी सानो रकमबाट जोडिएका हौं, यसले दिएको माइलेजबाट हामी निकै खुशी छौं ।’ उनले भने–‘हाम्रो साझेदारीले निरन्तरता पाउनेमा बिश्वास दिलाउन चाहन्छु ।’ अर्को सहप्रायोजक संस्था राष्ट्रिय वाणिज्य बैंकका प्रदेश कार्यालय प्रमुख आनन्द सुवेदीले नेपालगन्ज म्याराथन पश्चिम नेपालको ब्रान्डका रुपमा स्थापित हुन खोजेको हुँदा आफुहरु सदैव सहकार्य गर्ने बताए ।

कर्यक्रममा भेरी नर्सिङ कलेजका प्रबन्ध निर्देशक सञ्जय सिंहले क्रियटिभ ह्याण्ड्सले नेतृत्व गरेका हरेक कार्यक्रमबाट आफु निकै प्रभावित भएको बताउँदै आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने वचन दिए । ‘यस बर्ष सानो रकमबाट साझेदारीको सुरुवात गरेका छौं, हामी यो भन्दा ठुलो सहयोग गर्ने प्रतिवद्धता जनाउँछौं ।’ उनले भने –‘विद्यार्थीको सहभागितादेखि आर्थिक सहयोगमा मेरो पुर्ण साथ रहनेछ ।’ हिसान बाँकेका अध्यक्ष तथा ब्राइटल्याण्ड कलेजका निर्देशक डा अवनिन्द्र मिश्रले क्रियटिभ ह्याण्ड्सका हरेक कार्यक्रम क्रियटिभ नै हुने गरेकोमा हिसान र ब्राइटल्याण्ड कलेज सदैव साथमा रहने चर्चा गरे । ‘मलाई पछुतो भइरहेको छ ।’ उनले भने–‘यति भव्य कार्यक्रममा सोचेजति सहयोग गर्न सकेनौं कि?’

त्यसैगरी गोर्खा युनाइटेड पब्लिक स्कुलका संस्थापक निर्देशक केसर बहादुर आलेले नेपालगन्ज म्याराथन बर्षेनी आकार ठुलो लिंदै गरेको हुँदा अब सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । प्रदेश सांसद कृष्ण केसी नमुनाले आगामी बर्षदेखि प्रदेश सरकारको क्यालेन्डरमा राख्न पहल गर्ने बताइन् । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापाले उपमहानगरले अपनत्व ग्रहण गरिसकेको जनाउँदै आगामी बर्षदेखि बजेटको दायरा बढाउँदै लैजाने बताइन् । कार्यक्रममा दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे, मध्यपश्चिम क्षेत्रीय खेलकुद निवर्तमान अध्यक्ष भिम ओली लगायतले नेपालगन्ज म्याराथन प्रति बढ्दै गएको जनचासोका बिषयमा आयोजक पनि गम्भीर भएर अघि बढ्नुपर्नेमा सुझाव दिएका थिए ।

आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले छैटौं संस्करण आगामी मंसिर ६ गते हुने तय भएको जानकारी गराउँदै त्यसको तयारीमा जुटिसकेको बताए । आगामी महिनादेखि फर्म खुल्ला गरिने अध्यक्ष ठकुरीले जानकारी दिए । कार्यक्रममा सबै साझेदार तथा सहयोगीलाई कदरपत्रले सम्मान गरिएको थियो । पाँचौं धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक धारा शुद्ध तोरीको तेल, सहप्रायोजकमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक, अन्य साझेदारमा सिद्धार्थ हस्पिटालिटी ग्रुप, हाम्रो खेलकुद डट कम, नेपालगन्ज मेडिकल कलेज, निदान डायग्नोस्टिक सेन्टर, दैनिक नेपालगन्ज, मेरो टुकी प्रज्ञालय, क्रियटिभ बुक्स रहेका थिए ।


प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  २३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP