prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ठेकेदार शम्भु भारती छुटे,जेल बाहिरबाट मुद्दा लड्न पाउने
ठेकेदार शम्भु भारती छुटे,जेल बाहिरबाट मुद्दा लड्न पाउने
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २१, २०७६ बागेश्वरी पोस्ट
ठेकेदार शम्भु भारती छुटे,जेल बाहिरबाट मुद्दा लड्न पाउने

काठमाडौं । सुडान घोटालामा भ्रष्टाचार गरेको अभियोगमा थुनामा परेका ठेकेदार शम्भु भारतीले बाहिरै बसेर मुद्धा लड्ने पाउने भएका छन् । सर्वोच्च अदालतले कारागार बाहिरै बसेर मुद्धा लड्न पाउने गरी आदेश दिएपछि  भारती थुनामुक्त भएका छन् ।

उनले जेलबाहिरै बसेर मुद्धा लड्न पाउने सुविधाका लागि सर्वोच्चमा पुनरावेदन दिएका थिए । सर्वोच्चको आदेशसँगै उनले अब धरौटी राखेर कारागार बाहिर बसेर मुद्धा लड्न पाउने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु तेजबहादुर केसी, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको पूर्ण इजलासले सुडान घोटालाका ठेकेदार भारतीको मुद्धा सुनुवाइका लागि अनुमति हुने आदेश जारी गरेपछि मुद्धा प्रक्रिया अगाडि बढेको थियो ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले १७ बैशाख २०७४ मा सुडान ड्राफर घोटालाका ठेकेदार भारतीलाई दोषी ठहर गरेको थियो । ठेकेदार भारतीलाई सर्वोच्चले एक वर्ष कैद र १४ करोड २० लाख रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि भारती गत १३ भदौमा ललितपुरबाट पक्राउ परेका थिए । पक्राउपछि ठेकेदार भारतीले १७ भदौमा मुद्धा पुनरावलोकन गरी पाउँ भनी निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले सुडानको डार्फरस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा जाने बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणामाथि दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सर्वोच्चले पूर्व प्रहरी महानिरीक्षकद्वय हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीमाथि एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसैगरी, पूर्व एआईजीद्वय श्यामसिंह थापा र दीपकसिंह थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपैया्रँ जरिवाना ठहर गरेको थियो । सर्वोच्चले डीआईजी दीपककुमार श्रेष्ठ र एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

के थियो सुडान घोटाला भ्रष्टाचार मुद्धा ?

सुडान मिसनको मुख्य आपूर्तिकर्ता ‘एस्योर्ड रिक्स कम्पनी लण्डन’को तर्फबाट स्थानीय प्रतिनिधि भई सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको एफपीयूको लागि आवश्यक बन्दोबस्तीका सामान खरिद गर्न आफैं एजेन्ट भएको सो कम्पनीलाई ठेक्का पारी ‘आईएसओ स्ट्यान्डर्ड’को ‘एपिसी’को सट्टामा कोटेसनमा मूल सम्झौताको विपरीतका सर्तहरू थपी ८ थान पुराना र काम नलाग्ने एपीसी सप्लाई गराएकोमा दोषी ठहर भएका थिए । सुरूमा ४० प्रतिशत र सामान डेलिभरी भएपछि ६० प्रतिशत भुक्तानी दिने सर्त उल्लेख भएकोमा सर्तविपरीत ‘एस्योर्ड रिक्स कम्पनी’को नाममा भुक्तानी गराएको, करारमा उल्लेख भएको ‘आइएसओ स्ट्यान्डर्ड’का सामान हुनुपर्ने प्रावधानलाई संशोधन गरी हटाएको ठहर सर्वोच्चले गरेको थियो ।

एपिसीमा १२ दशमलव ५ एम‘एमको हतियार मात्र प्रयोग गर्नुपर्ने मापदण्ड रहेकोमा आपूर्ति भएका १४ दशमलव ५ र ७ दशमलव ६२ एमएमको हतियार जडान गर्ने माउण्ट रहेको, सञ्चार साधन पनि नजोडिएको र एसी उपकरण पनि नरहेको तथा प्रतिवादी भारतीले प्रहरी प्रधान कार्यालयबाट ३ करोड १० लाख ३७ हजार ३ सय ३० रुपैयाँ ७२ पैसा भुक्तानी लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो । २४ जेठ २०६८ मा दायर मुद्धामा तीन प्रहरी पूर्व–महानिरीक्षकसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारती विरुद्ध मुद्धा दायर गरेको थियो ।

सो मुद्धामा विशेष अदालतले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको फैसला भएको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको फैसलाले ठेकेदार, उनका प्रतिनिधि र तीन पूर्व प्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने ठहर गरेको थियो । विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राईडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

साथै पूर्व–प्रहरी प्रमुखहरु राणालाई १७ करोड ६ लाख, गुरुङलाई ६ करोड ४८ लाख र ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । तीनजना पूर्व–प्रहरी प्रमुखहरुमाथि दुई÷दुई वर्ष कैद सजायको फैसला पनि भएको थियो ।राजधानी दैनिकबाट।


प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
महिला उद्यमी संघ बाँकेमा नयाँ नेतृत्व, रेवती सिंह अध्यक्ष
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
स्वर्गीय प्रसाईंको सम्झनामा दीप प्रज्वलन
नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइने
नेपालगञ्ज-दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइने
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
बुद्धभूमि ब्राण्डका पदार्थ विक्री वितरण गर्न ग्लोबल डेरीको वितरण केन्द्र अब नेपालगञ्जमा पनि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP