Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो
ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २, २०७९ बागेश्वरी पोस्ट
ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो

नेपालगन्ज । बाँकेका ट्रक व्यवसायीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । सरकारले निर्धारण गरेको ढुवानी भाडालाई केही संशोधन गर्ने व्यापारी बीचको सहमतिपछि घोषित आन्दोलन स्थगन गरिएको कोहलपुर ट्रक तथा मिनी ट्रक यातायात प्रालिका अध्यक्ष यज्ञबहादुर वलीले जानकारी दिए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतम, नागरिक समाज नेपालगन्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी, भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी ट्रक यातायात प्रालि, कोहलपुर ट्रक तथा मिनी ट्रक यातायात प्रालि, नेपालगन्ज ट्रक प्रालि र सिद्ध कैलाश प्रालिका पदाधिकारीबीच आज भएको छलफलमा तत्कालका लागि ढुवानी भाडामा संशोधन गर्ने सहमति भएपछि भोलीदेखि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको वलीले बताए । सरकारले निर्धारण गरेको ढुवानी भाडा व्यापारीहरुले नदिएको र सरकारले पनि दिलाउन कुनै पहल नगरेको भन्दै आजदेखि ढुवानीका साधनहरु थन्क्याएर ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

तत्कालका लागि नेपालगन्ज–काठमाडौं, नेपालगन्ज–पोखरा, नेपालगन्ज–विरगन्ज, नेपालगन्ज–विराटनगर, नेपालगन्ज–जनकपुर, नेपालगन्ज–बागलुङ, नेपालगन्ज–बुटवल, नेपालगन्ज–भैरहवाको भाडा संशोधन गर्न व्यापारीहरु सहमत भएको भेरी ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष केशव खत्रीले बताए । उनका अनुसार ट्रान्सपोर्ट व्यवसायप्रति राज्य अनुदार देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ट्रान्सपोर्टका लागि अहिलेसम्म ठाउँ नै छैन। ठाउँ नहुँदा जहाँ पाए त्यहीँबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । जसका कारण ट्रक व्यवसायीहरुले ट्राफिक प्रहरीबाट दुव्र्यवहार सहनु परेको छ । ‘निश्चित ठाउँ भएको भए त्यहीं ढुवानीका साधान पार्किङदेखि सामान पनि त्यहींबाट ढुवानी गर्ने थियौं,' भेरी ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष खत्रीले भने–‘तर पार्किङ नहुँदा जहाँ पाए त्यहीं साधन रोक्नुपर्ने र ढुवानी गर्नुपर्ने बाध्यताले एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ प्रहरीको दुव्र्यवहार खेप्नु परेको छ ।’ बसका लागि बसपार्क छ । तर ट्रकका लागि छैन ।

समस्याबारे सिडिओलाई समेत ध्यानाकर्षण गराएको व्यवसायी बताउँछन् । तर, माग सम्वोधन भने भएको छैन । निश्चित जग्गाको व्यवस्था गरेर ट्रान्सपोर्ट नगर बनाउन व्यवसायीको माग छ । बरु उक्त जग्गाको भाडा आफूहरु तिर्न तयार रहेको पनि व्यवसायीहरु बताउँछन् ।


प्रकाशित मिति: बिहीबार, असार २, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP