नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • काँग्रेसमा केवल खाँचो छ त एउटा सुधारक नेतृत्वको !
काँग्रेसमा केवल खाँचो छ त एउटा सुधारक नेतृत्वको !
मनिष रेग्मी
मंगलबार, असार २२, २०७८ मनिष रेग्मी
काँग्रेसमा केवल खाँचो छ त एउटा सुधारक नेतृत्वको !

मनिष रेग्मी- नेपाली काँग्रेसको जन्म दुई पार्टी बीचको मिलन थियो । टुटफुट र आन्तरिक कलहका बीच नेपाली कांग्रेस यहाँसम्म आइपुगेको छ । बी.पी. कोइराला र सुवर्ण शमशेर राणाको पहलमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस बीच एकता कायम भयो ।

१२ फागुन, २००६ -२७ मार्च १९५० मा दुई संस्थाका सभापतिहरू मातृका प्रसाद कोइराला र महेन्द्र विक्रम शाहले संयुक्त प्रेश विज्ञप्ति जारी गरी दुबै संस्थाको एकिकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरे पश्चात् कांग्रेसको उदय शक्तिका रुपमा भयो । त्यसअघि अखिल भारतीय काँग्रेसका नामले राजनीतिक गतिविधि सञ्चालन गर्दै नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको शुरुवात भएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस-जेलमा रहेका नेता टंक प्रसाद आचार्यलाई सभापति बनाउँदै बी.पी.कोइरालालाई कार्यवहाक सभापति चयन गरिएको थियो । नेपाली राष्ट्रिय कांग्रेसमा फुट हुँदा नेपाल प्रजातन्त्र कांग्रेसको जन्म भयो । २००५ साउन १ गते कलकत्ता स्कुल स्ट्रिटमा गरिएको भेला अनुसार २००५ पौष १७ गते महेन्द्रविक्रम शाहको अध्यक्षतामा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना समेत भएको इतिहास छ । स्मरण गरौं: २००६ साल चैत्र १४ गते कलकत्ताको टाइगर सिनेमा हलमा आपसी तिक्ततालाई पन्छाउँदै प्रजातन्त्र स्थापना गराउने लक्ष्यका साथ 'नेपाली कांग्रेस'को जन्म भयो ।

सभापतिमा मातृका प्रसाद कोइराला, महामन्त्रीमा महेन्द्रविक्रम शाह र कोषाध्यक्षमा शुवर्ण शम्सेर राणा चयन भए । बी.पी कोइराला, गणेशमान सिंह, सूर्य प्रसाद उपाध्याय, रुद्रप्रसाद गिरी, राजेश्वरीप्रसाद उपाध्याय, कुँवर कल्लुसिंह सदस्य भए । कृष्णप्रसाद भट्टराई सहायक महामन्त्रीमा चयन भएका थिए । मुख पत्र 'नेपाल पुकार' र झण्डा चारतारे चुनियो । नेपाली कांग्रेसको संघर्ष र अन्तराष्ट्रिय वदलिंदो परिवेशसँगै १०४ बर्षीय राणा शासनको अन्त्य गर्दै २००७ सालमा मुलुकमा प्रजातन्त्र स्थापना त भयो तर पार्टी आफैं भित्र आन्तरिक प्रजातन्त्रका लागि संघर्षरत रह्यो । २००७ सालपछि २०१५ सालसम्म निर्वाचन हुन नसक्नुको एउटा  कारण पार्टीको आन्तरिक मतभेद सहायक बन्यो । मातृकाप्रसाद र सुवर्ण शमशेर बीचको मतभेदले पनि केही हदसम्म काम गरेको जनकारहरुको विश्लेषण रह्यो ।

३० वर्षे पंचायती ब्यवस्था बिरुद्ध सफल जनआन्दोलन पछि मातृका र शुवर्णशमसेरहरु बीचको जस्तै समस्या कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालामा पनि देखा पर्न थाल्यो । सफल अन्तरिम प्रधानमन्त्री सन्त छविका भट्टराईलाई र लौहपुरुष गणेशमानलाई निस्तेज पार्दै गिरिजाबाबुको युग आरम्भ भयो । शसक्त नेतृत्व क्षमताका धनी गिरिजाप्रसाद नेतृत्वको बहुमतीय सरकार छत्तीसे र चौहत्तरे भएर ढल्यो । मुलुकले मध्यावधि चुनावको सामना गर्नुपर्यो । नातावाद कृपावाद बिरुद्ध खडा भएका छत्तीसे काँग्रेसको नेतृत्व भट्टराईजी, जगन्नाथ आचार्य, चिरञ्जीवी वाग्ले हुँदै शेरबहादुर देउवासम्म आइपुग्यो,  ३६ - ७४, गिरिजा बाबू - कृष्णप्रसाद भट्टराई, सुशील कोइराला - शेर बहादुर, रामचन्द्र - शेरबहादुर, संस्थापन - प्रजातान्त्रिकको मारमा काँग्रेस फसिरह्यो, पार्टी फुटेर जुट्दा पनि नेताहरु जुट्न सकेनन्  ।

काँग्रेस पार्टी बहुमत गुमाएर सदनमा प्रतिपक्षी भयो तर आफैं भित्रका प्रतिपक्ष ( बागी ) ले काँग्रेस मुक्त हुन सकेन, परिवर्तित संघिय गणतान्त्रिक व्यवस्थाको अभ्यास भइरहेको वर्तमान परिप्रेक्ष्यमा समेत काँग्रेसमा सुधार देखिएको छैन । कमजोर सत्तापक्ष हुँदा प्रतिपक्षको भूमिका अपरिहार्य हुन्छ तर आन्तरिक किचलोले गर्दा जनतामा घोर निरासा ब्याप्त छ । जुन पंचायतका बिरुद्ध ३० वर्ष संघर्षमा कार्यकर्ता लडे, १२ वर्ष माओवादीसित जुधे, हजारौं हजार पार्टीका नेता कार्यकर्ता थातथलो छाडेर विस्थापित भए, कैयौं दिदी बहिनीका सिन्दुर पुछिए कैयौं आमाका कोख विराना भए । तर, आम जनता र पार्टीका कार्यकर्ताले कतैबाट अझै पार्टी र पार्टीका नेताबाट खुसी पाउन सक्ने अवस्था सिर्जित भएन ।

बहुलवादमा आधारित संघीय गणतान्त्रिक संविधान जारी भयो तर आधा जसो भागमा यो संविधान पनि स्वीकार्य भएन, तराईबासी नागरिक (मधेसी जनता) को मन जित्न काँग्रेसले सकेन । कारण यो नै हो कि पार्टीका नेता नीतिमुखी भएनन् , कार्यकर्ताको भावना कुल्चेर कहिले पंचायतका अवशेष बोकेका पार्टीको पछि लागे, कहिले प्रथम शत्रु तोक्ने कम्युनिस्टसित सत्तामुखी गठजोड गर्न पुगे, बी.पी.कोइरालाको सपना र विचार आज बी.पी. जयन्तीमा सिमित भएको छ । लौहपुरुष गणेशमानले भनेको सार्थक भनाई "मान्छे कम्युनिस्ट हुन सक्छ तर कम्युनिस्ट मान्छे हुन सक्दैन " लाई कहिले गहिरिएर सोचेनन् । युगपुरुषको उपाधि आफैंले दिएर गिरिजाप्रसादको सधै अपमान गरे, उनले भनेका "माले, मसाले र मण्डले एउटै हुन् " को अर्थ बुझ्नै चाहेनन्  । भारतसित नझुकेर वर्तमान संविधान जनतामा समर्पित गर्ने सुशील कोइरालालाई संविधान पिता त भनिन्छ तर यही संविधानको पटकपटक बलात्कार गर्ने कम्युनिस्टको खिलाफ राजनीतिक लडाइँ लड्ने आँट समेत आउँदैन, ४ वर्षको पार्टी कार्यकाल ५ वर्ष नाघिसकेको छ, भदौ १६ - १९ मा केन्द्रीय महाधिवेशन र साउन १२ बाट स्थानीय अधिवेशन तोकिएको छ, तर ७१ वर्षमा पनि काँग्रेस अझै क्रियाशील सदस्यता वितरणमा सधैं जस्तै अल्झिरहेको छ

आसन्न महाधिवेशनबाट नेपाली काँग्रेसको आउने ५ बर्षको लागि नयाँ नेतृत्व छनोट हुने आशा राखौं, एकातिर एउटा पक्षले बिजय प्राप्त गर्नेछ र पार्टीको संरचनामा स्थापित हुनेछ भने अर्कोतिर आफ्नै पार्टी भित्र योग्यताको आधारमा होइन चाप्लुसी, दलाली र गुलामीको आधारमा नेतृत्वमा स्थापित गराउने खेल जारी छ । यो महाधिवेशनको आधा बर्ष नपुग्दै स्थानीय निर्वाचनको लहर शुरु हुने निश्चित प्राय: छ । तर, तहगत संरचनामा सधैंजसो पुराना खिया लागेका उर्जाहिन व्यक्तिहरुकै दावी देखिने पक्का हो । सही व्यक्तिको छनोट सही मतदाताले गर्न सक्छन् तर वडा, नगर र क्षेत्रीय सभापतिहरू आफू अनुकुल आसेपासे, घरपरिवार , छरछिमेक, कामदार , कारिन्दा, आफन्तहरुलाई क्रियाशील सदस्यको नाममा मतदाता बनाएर आफ्नो संगठन कब्जा निनीमा व्यस्त छन् । कथंकदाचित संगठनको चुनाव भयो भने त्यसको परिणामको बदला आउने स्थानीय निर्वाचनमा लिएर देखाउने पूर्व तयारीमा लागिरहेका छन् । योग्य सक्षम व्यक्तिहरुलाई भोलि टिकट दिन्छु भन्दै संगठनमा आउन रोक्ने प्रयास जारी छ । अनि आम चेतनशील जनता यो तमासा हेरेर मुल्यांकन गर्दै नेपाली काँग्रेसलाई हराउन नेपाली काँग्रेस नै पर्याप्त छ भन्ने ठोकुवा गर्दै आइरहेका छन् । सम्बृद्धि आओस् सबै काँग्रेस जनमा । नत्र भविष्यमा चाइनाको एक समयको लोकतान्त्रिक पार्टी कोमिन्ताङ जस्तै, भारतको भारतीय काँग्रेस जस्तै अवस्था बेहोर्नुपर्ने हुन सक्छ । जनता अझै पनि सबैभन्दा विश्वासिलो पार्टीको रुपमा काँग्रेसका साथमा छन्  । केवल खाँचो छ त एउटा सुधारक नेतृत्वको ।

१४ औं महाधिवेशन पछि नेपाली काँग्रेस सुध्रोस्, आफ्नै पार्टीभित्रको गुटबन्दी अन्त्य होस् । आफैं प्रतिपक्ष हुने प्रथा समाप्तिको कामनासहित १४ औं महाधिवेशनको पूर्ण सफलतामा मेरो यो विचारले थप सहयोग पुर्याउन सक्ने आशा राखेको छु । आशा गरौं कार्यकर्ताको भावना र समयको माग अनि जनताको चाहनालाई कांग्रेसले सम्बोधन गर्न सकोस् ।

 


प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०६:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP