prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • राप्तीसोनारी गाउँपालिकाका अधिकांश स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन्
राप्तीसोनारी गाउँपालिकाका अधिकांश स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन्
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २०, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाका अधिकांश स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन्

नेपालगन्ज । राप्तीसोनारीका अधिकांश स्थानमा नदीजन्य  सामाग्रीको अबैध घाटगद्दी रहेको पाइएको छ । नदीजन्य सामाग्री उत्खनन् गरेर मनलाग्दी रुपले घाटगद्दी गरेको अनुगमनका क्रममा फेला पारिएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित वडाअध्यक्ष र कार्यपालिका सदस्य तथा कर्मचारी लगायतको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । 

nepalgunj 081-082

उक्त टोलीले बिहीबार राप्ती सोनारीको वडा नम्बर ४, ५ र ६ तथा शुक्रबार वडा नम्बर २, ८ र ९ का विभिन्न घागद्दी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश स्थानमा नदीजन्य सामाग्री अबैध रुपले उत्खनन र घाटगद्दी गरेको पाइएको हो । 

गाउँपालिका अध्यक्ष पौडेलले प्राविधिकले नापजाँच गर्दा अनुमति भन्दा बढी नदीजन्य सामाग्री फेला पारिएको र अधिकांश स्थानमा अबैध उत्खनन र घाटगद्दी गरेको पाइएको बताए। ‘राजश्व तिरेको रकम थोरै, तर सामाग्री धेरै राखेको देखियो,’ उनले भने । नदीजन्य सामाग्री कारोबारीले नियम विपरित बीच जंगलमा समेत घाटगद्दी गरेको पाइएको छ । ‘हामी कानुनी आधारको पनि अध्ययन गर्छौ, कसरी अनुमति मिलेको रहेछ, कसरी घाटगद्दी गरेको रहेछ, जिल्ला वन कार्यालयसँग पनि समन्वय गर्छौ, बीच जंगलमा घाटगद्दी गरिनु शंकास्पद छ,’ उनले थपे । 

राप्ती सोनारी २ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य ज्ञानेन्द्रराज ओलीले दुई दिनदेखि अनुगमनमा सबै जनासंगै हिँड्दा र प्राविधिकले नापजाँच गर्दा नदीजन्य सामाग्रीबारे धेरै तथ्य फेला पारिएको बताए । ‘पहिलाको घाटगद्दी कति थियो, अहिलेको निकाल्दाखेरी फरक आइरहेको छ, हामीले कार्यपालिका बैठक बसेर यस विषयमा केही न केही रुपले नदीजन्य विषयलाई ब्यवस्थापन गर्छौं,’ उनले भने । गाउँपालिकाको सिंगो कार्यपालिका टोली दुई दिनदेखि त्यतिकै नहिडेकाले परिवर्तन ल्याउने वडाअध्यक्ष ओलीले जिकिर गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संयुक्त रुपमा अनुगमन गर्न हिँड्दा आफुहरुलाई असाध्यै सन्तुष्टि महसुस भएको बताए । ‘जुन लक्ष्यका साथ आगामी वर्षको योजना बनाउने तयारीमा हामी छौं, त्यसका लागि आन्तरिक आम्दानी कति छ र खर्च कति छ भन्ने आय/ब्ययको अनुमान गर्नुपर्ने हुन्छ,’ उनले भने ‘हामीले करिव ७० वटा घाटगद्दी नापजाँच गरेका छौं, एउटै घाटगघीबाट हामीलाई डेढदेखि दुई करोड राजश्व आउने अनुमान प्रक्षेपण गरेका छौं, सानो घाटगद्दीबाट पनि ४/५ लाख आउने अनुमान गरेका छौं ।’ 

गाउँपालिकाले विगत दुई वर्षदेखि राप्ती सोनारीका नदी खोलामा ठेक्का लगाउन सकेको छैन । दुई वर्षदेखि अबैध रुपमा चलेका क्रसर उद्योगको नियमन र अबैध उत्खनन तथा घाटगद्दी रोक्न गाउँपालिकाले प्रयास गर्दा राप्ती सोनारीबासीले यतिबेला जनप्रतिनिधीको खुलेरै प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरुले प्रशंसा गरेका हुन् । 

गाउँपालिका अध्यक्ष पौडेल राप्तीसोनारीको नदीजन्य सामाग्री ब्यवस्थापन गर्नमा सबैको साथ र सहयोग रहने अपेक्षामा छन् । ‘जसले हाम्रो समृद्धि बोकेको छ, जसले हाम्रो विकास बोकेको छ, यसको बैज्ञानिक ब्यवस्थापन गर्नुपर्दछ भन्ने कुरामा हामीले हर राप्तीसोनारी बासीलाई बुझाएका छौं, राप्तीसोनारी बासीले सबैमाथि शंका गरेका छन्,’ पौडेलले भने ‘त्यसकारण हामी नेतृत्व गर्ने, विगतको नेतृत्व र यो सँग सरोकार राख्ने सबैलाई शंका गरेका छन्, यो शंकाको दायरामा हामीले पारदर्शी भुमिका निर्वाह गर्न सक्यौैं, सही ब्यवस्थापन र सही नियमनको दायरामा ल्याउन सक्यौं भने सबैको सहभागिता छ, उत्साहपूर्ण सहयोग रहनेछ ।’

अनुगमनका क्रममा नदीजन्य सामाग्री उत्खनन् बारे जनतामा निराशाजनक अवस्था देखिएको अध्यक्ष पौडेलले सुनाए ।

 

 


प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २२:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP