नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • दाङमा दुई पुलको काम अलपत्र पार्दै ठेकेदार सम्पर्कविहीन
दाङमा दुई पुलको काम अलपत्र पार्दै ठेकेदार सम्पर्कविहीन
बागेश्वरी पोस्ट
मंगलबार, माघ १७, २०७९ बागेश्वरी पोस्ट
दाङमा दुई पुलको काम अलपत्र पार्दै ठेकेदार सम्पर्कविहीन

नारायण खड्का / तुलसीपुर  । दाङमा ठेकेदारको लापरबाहीले सम्झौता सकिएपनि पुल अधकचल्टो अवस्थामा अलपत्र छोडिएका छन् । निर्माण व्यवसायीको चरम लापरबाहीले जिल्लाका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुलहरू अलपत्र परेका हुन ।

घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनिबगिया सडकखण्डको कुटवाखोला पुल र तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को बघौसी र घोराही उपमहानगरपालिका ९ को मकुन्डाँडा जोड्ने हापुर खोलामा निर्माणाधिन पुल अलपत्र अवस्थामा छोडिएका छन् ।

२०७८ असार १४ गते कटुवा खोला पुल करिब ४ करोड १७ लाख २४ हजार रूपैयाँ र सोही मितिमा हापुर खोला पुल ८ करोड ३६ लाख ८३ हजार रूपैयाँमा निर्माण गर्ने गरि महादेव खिम्ती÷अञ्जना÷जलजला जेभी काठमाडौंसँग सम्झौता भएको थियो । उस्ले डेढ वर्षको अवधिमा यि दुबै पुल निर्माण सक्ने गरी काम सकारेको थियो ।

कटुवा खोला र हापुर खोला पुल निर्माणको काम महादेव खिम्ती÷अञ्जना÷जलजला जेभी काठमाडौंले संयुक्त रूपमा गर्ने गरी जलजल निर्माण सेवाले सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत पुस १३ गते सम्झौता समय सकिएपनि पुलको अहिले पाइलिङ फाउन्डेशनको करिब २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले जानकारी दिएका छन् । ‘सम्झौता मितिअनुसार अहिले दुवै पुलहरूको निर्माणको काम सकिनुपथ्र्यो तर २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ’, कार्यालय प्रमुख अर्यालले भने ,‘दुवै स्थानमा अहिले काम हुनसकेको छैन ।’

पुल निर्माणका लागि सन्तोषजनक काम नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएकाले निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले ६ महिना दिनको गणना सुरु भएको प्रमुख अर्यालले बताए । ‘ समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था देखिँदैन’, अर्यालले थपे,‘ निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन पनि नदिएको र सम्पर्कमा पनि नभएकाले अब कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।’

पुल निर्माणको काम अघि नबढ्दा सेवाग्राहीसँगै कार्यालय समेत कार्यसम्पादनमा पछि परेको कार्यालयले जनाएको छ । पुल निर्माणको काम सुरु भएपनि अहिले निर्माण कम्पनी नै पुल निर्माण गर्ने ठाउँमा नहुँदा पुल बन्ने वा नबन्नेमा आशंका उत्पन्न भएको घोराही उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष रामलौटन चौधरीले बताए ।

वडाध्यक्ष चौधरीले असार महिनादेखि पुल निर्माण स्थलमै ठेकेदार नआएको जानकारी दिए। ‘समयमै पुल निर्माण भएको भए विद्यार्थीलाई घोराही पढ्न जानसँगै स्थानीयलाई बजार जान–आउन सजिलो हुन्थ्यो’, वडाध्यक्ष चौधरीले भने, ‘तर समयमा पुल निर्माणको काम नहुँदा पुल निर्माणका लागि खनेका खाडलका कारण हिडडुल गर्न समेत समस्या भइरहेको छ’।


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २०:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP