नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • बसपार्क ठेकेदारले ठेक्का विपरीत रकम असुल्दै, उपमहानगर नै मौन
बसपार्क ठेकेदारले ठेक्का विपरीत रकम असुल्दै, उपमहानगर नै मौन
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २३, २०७९ बागेश्वरी पोस्ट
बसपार्क ठेकेदारले ठेक्का विपरीत रकम असुल्दै, उपमहानगर नै मौन

नेपालगन्ज । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) मा कानून र नियमको धज्जी उडाउँदै खुलेयाम दिवा सेवा र रात्रिसेवाका सवारीहरुबाट ठेक्का बोलपत्रअनुसार भन्दा बाहिर गएर रकम असुली गर्ने कार्य जारी छ । यसरी प्रचलित कानूनलाई लत्याउँदै अवैध रुपमा रकम असुल्दै गर्दा ठेकेदारलाई न डर छ न त बुटवल उपमहानगरपालिकालाई लाज नै  । 

कुनै पनि ठेक्का खुलाउँदा बोलपत्रमा उल्लेखित नै दोस्रो पक्षले अनुशरण गर्नुपर्ने र सो बमोजिम काम गर्नुपर्ने भए पनि तर बुटवलस्थित नयाँ बसपार्कको गत असोजमा लगाइएको ठेक्काको बोलपत्र र सम्झौता पत्रलाई हेर्दा उपमहानगरपालिका र ठेकेदार पक्षमाथि शंका उत्पन्न भएको छ । 

जबकि ठेक्का बोलपत्र बाहेक अर्को कुनै पनि नाममा सम्झौता पत्र बनाउन नमिल्ने जानकारहरुको भनाई छ । उनीहरु भन्छन्, यो सिधै नीतिगत भ्रष्टाचार हो, यसमा कुनै दुई मत छैन ।

यस विषयमा सञ्चारमाध्यममा समेत प्रमाण सहित समाचार बाहिरिँदा पनि बुटवल उपमहानगरको नेतृत्व चुप लागेर बस्छ भने अनेक शंका उत्पन्न हुन्छन् । किन भने नियमन तथा कारबाही गर्ने निकाय उपमहानगर नै मौन भएपछि सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँछन् ।

ठेकेदार पक्ष र उपमहानगरको तर्फबाट वरिष्ठ कर्मचारीहरु मित्रमणि खनाल, लेखनाथ पोखरेल लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेको सम्झौता पत्रमा उल्लेख छ । चालु आर्थिक वर्ष २०७९–०८०/८०–०८१ का लागि उपमहानगरले आह्वान गरेको बोलपत्रमा गणेश एण्ड सन्स कन्स्ट्रक्सन बुटवल–१३ ले ठेक्का पाएको छ ।

दुई आर्थिक वर्षका लागि कन्स्ट्रक्सनले २ करोड ९१ लाख, ५४ हजार भ्याटसहित २०७९ असोज ३० गतेदेखि २०८१ असार मसान्तसम्म सञ्चालन गर्न ठेक्का पाएको हो ।

तर उपमहानगरले आह्वान गरेको लुम्बिनी बस टर्मिनल सञ्चानल प्रक्रियाको बोलपत्रमा खुलाइएको सवारीहरुबाट ठेकेदारले उठाउन पाउने शुल्क र ठेक्कापछि बनाएको सम्झौता पत्रको शुल्क अन्तर भएको पाइएको छ । बुटवल उपमहानगरपालिकाले गत भदौ १४ गते आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको पहिलो पटक प्रकाशित गरेको सूचनामा बसपार्कको क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउनेसमेत जनाइए पनि तर कार्यान्वयन भने ठीक उल्टो भएको पाइएको हो ।

बुटवल उपमहानगरका विभिन्न शाखा प्रमुख कर्मचारीहरु र स्वीकृत बोलपत्रवाला सञ्चालक गणेश एण्ड सन्स कन्स्ट्रक्सन (दोस्रो पक्ष) ठेकेदार प्रतिनिधिबीच गरिएको सम्झौता पत्रमा ३० वटा शर्त नियम तथा प्रावधानहरु उल्लेख गरिएको छ ।

तर, प्रावधानमा उल्लेख गरिएका शर्तहरुमा बसपार्कदेखि बाहिर रहेको पूर्व पश्चिम राजमार्गमा चल्ने लामो दूरीका बस, बुटवलको राजमार्ग चौराह, सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही–पाल्पा सीमाक्षेत्रमा पर्ने चिडियाखोला, नेपालगञ्ज रोड र नयाँ बसपार्क अगाडिको हाइवेमा बसेर शुल्क उठाउन नपाउने स्पष्ट शर्त भए पनि तर ठेकेदारले दैनिक हजारौं रुपैयाँ असुल्दै आएको छ । 

यस विषयमा ठेकेदार पक्षका प्रतिनिधि गणेश श्रीसलाई पटक पटक सम्पर्क गर्दा फोनै उठाएनन्, यसअघि बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेलाई उपमहानगरपालिकासँग ठेकेदार पक्षले गरेको सम्झौता विपरीत किन अवैध रुपमा पैसा उठाउँदै आइरहेको छ भन्ने जिज्ञासामा नगर प्रमुख पाण्डेले सो विषयमा आफूलाई कुनै गुनासो र उजुरी नआएकाले प्रशासनमा बुझ्न भन्दै तर्किए । 

उसो त यसअघि बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीसँग जानकारी लिँदा आफूले नियमलाई पालना कार्यलाई चुस्त बनाउने गरी नगर प्रहरीलाई परिचालन गरेको र त्यसको नतिजा आउने गरी काम थालेको बताएको झण्डै एक महिनासम्म पनि कुनै प्रभाव देखिएको छैन ।

यता सम्झौता पत्रमा उपमहानगरपालिकाको तर्फबाट साक्षी रोहवरमा बसेका मित्रमणि खनालले आफू साक्षी स्वीकार गर्दै तर यस बारेमा मलाई भन्दा पनि लेखा तथा प्रशासन शाखामा बुझ्दा प्रष्ट होला कि भनेर जवाफ दिए।

अर्का साक्षी लेखा शाखा प्रमुख लेखनाथ पोखरेलले ठेक्का बोलपत्रमा उल्लेखित विवरण नै कायम हुन्छ भन्ने हुँदैन कार्यान्वयन गर्नका लागि सम्झौता  गर्नुपर्छ भने । तर, अधिकृत पोखरेलले शर्त तथा नियम विपरित दोस्रो पक्षले काम नगरी अवैध गर्दा किन तपाईहरुले हेर्नु पर्दैन ? त्यसको जवाफदेहिता को हुने हो भन्ने प्रश्नमा उनले यस बारेमा प्रशासन शाखा प्रमुख रामप्रसाद अर्याललाई सोध्न भनि पन्छिए ।

उपमहानगरका सम्पती व्यवस्थापन एवं प्रशासन शाखा प्रमुख अर्यालले भने टेण्डर डकुमेन्ट जो अनलाइनबाट किनिन्छ त्यसलाई संशोधन गर्न नसकिने बताउँदै, त्यो विपरित पनि ठेकेदारले कुनै कार्य गर्न नपाउने स्पष्ट पारे । अर्यालले भने, 'बोलपत्रमा केही बुँदा भए संशोधन पनि हुन सक्छ । यदि ठेकेदारले शर्तको पालना नगरी बाहिर सडकमा र रात्री सेवाका गाडिहरुबाट पैसा असुल गर्छ भने त्यो गैरकानुनी हो दण्डनीय छ ।' हाम्राकुराबाट

 

 


प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १८:०१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP