नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नदीजन्य पदार्थको अवैध उत्खननको हब बन्दै दाङ
नदीजन्य पदार्थको अवैध उत्खननको हब बन्दै दाङ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ६, २०७९ बागेश्वरी पोस्ट
नदीजन्य पदार्थको अवैध उत्खननको हब बन्दै दाङ
फाइल फोटो

नेपालगन्ज । दाङमा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय कुनै नौलो होइन । नदीजन्य पदार्थ उत्खनन  त्यहाँको एउटा नियमित प्रक्रिया जस्तै बन्न पुगेको छ । अवैध दोहनले बस्ती र पक्की पुलसमेत जोखिममा परेको दृश्य एवं समाचार नलेखिएका होइनन् । तर, विडम्बना सञ्चारमाध्यममा समाचार छापिन्छ, नियामक निकायलाई भने कुनै वास्ता छैन ।

यो बारेमा उनीहरु बेखवर भने छैनन् । जिल्लाको सबैभन्दा धेरै दोहन भइरहेका पालिका हुन् देउखुरी उपत्यका अन्तरगत लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका । राजपुर गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ३ पटकसम्म ठेक्का आह्वान गर्दा एउटा घाटको मात्रै ठेक्का पर्यो । 

त्यो ठेक्का पनि अझै सम्झौता नभएको पाइएको छ । दैनिक चोरी निकासी भइरहेकाले स्थानीय तहले खोलेको ठेक्का समेत लाग्न नसक्दा लाखौं रुपैयाँ राजस्व गुम्दै गएको स्थानीयहरुको भनाइ छ ।

सो क्षेत्रका खोलाहरुमा तस्करहरुको रजाइँ हुँदै आएकाले ठेक्का हाल्न कुनै तयार नभएको बताइएको छ । खोलामा स्थानीय पालिकाकै ट्याक्टर, जेसिबी लगायत सवारी जाने गरेको स्थानीयको भनाई छ । 

एक स्थानीय भन्छन्, 'दैनिक चोरी बढिरहेको छ । रातभरी ट्याक्टर खोलामा पसेका हुन्छन् । उत्खनन् गरेर बिक्री भइरहेको छ । कतिपटक प्रहरीलाई जानकारी गरायौं तर पनि नियन्त्रण भएन । तस्करहरुले उपभोक्ता समितिको नामबाट नदीजन्य पदार्थ संकलन गर्ने तर त्यही संकलन गरिएको पदार्थलाई क्रसर उद्योगको बिल बनाएर बिक्री वितरण गर्ने समेत पाइएकाले प्रमाण संकलनमा लागेका छौं ।'

उता पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पर्ने बहुला खोलामा लगाइएको ठेक्का सम्झौता भन्दा बढी गहिरो र तोकिएको स्थान भन्दा बाहिरबाट अवैध उत्खनन् भइरहेको छ ।

पालिकाले विष्णुपुर घाटको ३ सय ६० घनमिटर तलमाथिको उत्खननको ठेक्का लगाएको तर ठेक्का लिएको कम्पनीले अनधिकृत रुपमा जथाभावी उत्खनन गरिरहेको उल्लेख छ । ठेक्का सम्झौता गरेको स्थानभन्दा झन्डै ५ मिटर तल स्थानबाट उत्खनन् गरिरहेको स्थानीयले जनाए ।

वडा नं २ मा ठेक्का दिए पनि वडा नं ५ बाट पनि नदीजन्य पदार्थको उत्खनन् गरिएको गुनासो छ । यस विषयमा शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले तत्काललाई उत्खननमा रोक लगाइएको बताउँदै, सम्झौता भन्दा बढी ‘गहिराई छ–छैन भनेर मापदण्ड नापजाँच गर्न बाँकी रहेको बताए ।

सनलाइट निर्माण सेवाले ठेक्का लिएको छ । तर, स्थानीय वासिन्दाले भने प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन हुँदै आएको आरोप लगाउँदै आएका छन् । रातको समयमा ट्याक्टर, टिप्परहरु खोलामा गएर रातभर उत्खनन् गरी ओसार्ने गरेको स्थनियहरुको भनाई छ । 

नदीजन्य पदार्थको चोरी बढ्दा राजश्व संकलनमा गम्भीर असर परेको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए ।

उनी भन्छन्, 'चोरी निकासी नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारको भए पनि प्रभावकारी काम भएको छैन।' यता दाङ प्रहरीले भने नदीजन्य पदार्थको चोरी तस्करीलाई नियन्त्रण नगर्दा मिलेमतोको गन्ध आइरहेको छ । हाम्राकुराबाट


प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी माघ १४ देखि नेपालगञ्जमा
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
सेल्ट्रोन नेपालको दशैं–तिहार स्किम: उत्कृष्ट रिटेलरलाई स्कुटर पुरस्कार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP