नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • गुणस्तरीय सडक नबनेको आशंकामा उपमहानगरले रोक्यो कालोपत्रे
गुणस्तरीय सडक नबनेको आशंकामा उपमहानगरले रोक्यो कालोपत्रे
बागेश्वरी पोस्ट
मंगलबार, चैत १४, २०७९ बागेश्वरी पोस्ट
गुणस्तरीय सडक नबनेको आशंकामा उपमहानगरले रोक्यो कालोपत्रे

नेपालगन्ज । दाङको घोराही उपमहानगरपालिकाले भानुचोकदेखि–गुलरिया पार्कसम्मको सडकको कालोपत्रे भइरहेको सडकको काम गुणस्तरीय नपाएपछि काम रोकिदिएको छ ।

ठेकेदारले गुणस्तरीय सडक नबनाएकोले सडकको लेबल र गिट्टीहरूको आकार नमिलेको पाइएपछि घोराही उपमहानगरपालिकाले सडकको कालोपत्रे गर्न रोक लगाएको हो ।

‘सडक कालोपत्रे गरेपछि लेवलिङ मिल्नुपर्छ, चिल्लो देखिनुपर्छ । तर, त्यस्तो नदेखिएपछि परीक्षणका लागि भनेर निर्माणको काम रोक्न लगाएका छौं,’  घोराही उपमहानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख इञ्जियिनर युवराज पौडेलले भने ।’

१८ सय मिटर लामो सडकमा गर्न लागिएको कालोपत्रे अस्फाल प्रविधिको हो । सोही प्रविधिमा कालोपत्रे गरिएको घोराहीकै दामोदरचोकदेखि नयाँ बजार-आर्मी व्यारेकसम्मको सडक राम्रो देखिन्छ ।

एउटै प्रविधिमा बनाइएका सडक कुनै राम्रो र कुनै नराम्रो देखिएपछि स्थानीयले भानुचोकदेखि गुलरिया पार्कसम्मको सडकको गुणस्तरमा प्रश्न उठाएका थिए । अहिले उपमहानगरले पनि शंका गरेर तीन हप्तादेखि सडक कालोपत्रेको काम रोकेको छ ।

घोराही उपमहानगरपालिका इञ्जिनियर सन्दीप घिमिरेले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको ‘थिकनेस’ नमिलेको पाइएकाले गुणस्तर परीक्षणको लागि काम भइरहेको बताए । उनले छिट्टै परीक्षण रिपोर्ट आउने र सडकमा के कस्तो काम भएको भन्नेबारे आफूहरु निष्कर्षमा पुग्ने बताए ।

घोराहीको भानुचोकदेखि गुलरिया पार्कसम्मको सडक कालोपत्रे गर्ने जिम्मा पुष्पाञ्जली-पीएस जेभी बाँकेले पाएको छ । तर, उसले आफैं काम नगरी पेटी ठेक्काको काम गर्ने जिम्मा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनलाई दिएको छ ।

२०७८ फागुनमा २ करोड ३१ लाख ५५ हजार ३६० रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । तर, ठेकेदारको लापरबाहीका कारण समयमै काम हुन सकेन । २०७९ चैत ३० गतेसम्म म्याद रहेको बेला कम्पनीले अन्तिम समयमा काम सुरु गरेको थियो ।

सोही निर्माण कम्पनीले सुरु गरेको घोराही बजारकै शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि शहीद गेटसम्मको सडक पनि अलपत्र छ ।

सम्झौताअनुसार ठेकदार कम्पनीले काम नगर्दा अहिले सवारी अवागमनसँगै व्यवसायी र पैदल यात्रुसमेत समेत समस्यामा परेका छन् ।


प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:५५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP