नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • यसरी बरामद भएको थियो नेपालगन्जबाट झण्डै ५ करोडको सुन
यसरी बरामद भएको थियो नेपालगन्जबाट झण्डै ५ करोडको सुन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ७, २०८० बागेश्वरी पोस्ट
यसरी बरामद भएको थियो नेपालगन्जबाट झण्डै ५ करोडको सुन

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट झण्डै ५ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले ४ किलो ९२७.२१८ ग्राम अवैध सुनसहित पक्राउ परेका दुई जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले सुनसहित पक्राउ पर्ने विराटनगर ९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाउँका ३६ वर्षीय  प्रकाश ठाकुरसहित बरामद गरिएको अवैध सुन सार्वजनिक गरेको हो । 

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायत बरामद गरेको जानकारी दिएको छ ।

त्यस्तै  उनीहरुको साथमा स्टिमेट बिलको १ थान ठेली, १ थान डिजिटल तराजु, १४ थान विभिन्न मिति र स्थानमा विक्रि गरेको स्टिमेट बिल, एनआइसी एसिया बैंकमा जम्मा गरेको ७ लाख ३३ हजार ४ सय रुपैयाँको भौचर, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक  र विभिन्न दरको नोट गरी नगद ३५ हजार बरामद गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बुधबार राति बरामद गरिएको उक्त अवैध सुनको मूल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रुपैयाँ रहेको जनाएको छ । प्रहरीले पक्राउ परेका दुई जनासँग सुनका बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसरी बरामद भयो  झण्डै ५ करोडको अवैध सुन 

बुधबार साँझ  नेपालगन्ज बजारमा बाँके बाहिरका दुई जना व्यक्तिले केही मूल्यवान सामग्री बोकेर शंकास्पद तरिकाले हिँडिरहेका छन् भने बिशेष सूचना जिल्ला प्रहरी कार्यालय बाँकेमा जान्छ । 

पहिलेको सूचना प्राप्त भएको केही क्षणमै पुनः बाँके प्रहरीले ती व्यक्तिले ठूलो परिमाणमा अवैध सुन बोकेर हिँडिरहेको भन्ने दोस्रो सूचना  प्राप्त गर्छ । 

त्यस पश्चात् जिल्ला प्रहरी कार्यालय बाँकेबाट सादा पोशाकका प्रहरीहरु नेपालगन्ज बजार भरी परिचालन भएर ती दुई शंकास्पद व्यक्तिहरुको खोजीमा हरेक गल्लीहरुमा छरिन्छन् । 

खोजीमा निस्किएका प्रहरीहरुलाई ती व्यक्तिको नाम के हो र उनीहरु कहाँ बसेका छन् भन्ने स्पष्ट जानकारी नपाउँदा धेरै बेर कष्ट हुन्छ, तर पनि बाँके प्रहरी उनीहरुको खोजी गर्न कुनै कन्जुस्याइँ गर्दैन । 

ती दुई व्यक्तिको खोजीमा निस्किएको प्रहरी टोलीलाई अन्ततः राति उनीहरु नेपालगन्ज ४ स्थित न्यू रोडको न्यू इन्द्रेणी होटेलतर्फ  भएको अर्को सूचना पुग्दा  प्रहरीको टोली त्यस स्थानतर्फ जान्छ।

बाँके  प्रहरीको टोलीले अन्ततः ती दुई व्यक्तिलाई आफ्नो नजरमा पार्छ । र, उनीहरुका गतिविधिहरु नियाल्न थाल्छ । शंकास्पद तरिकाले हिँडिरहेका ती दुईसँँग झोला भएपनि त्यति बेला नै उनीहरुलाई नियन्त्रणमा लिन आबश्यक ठान्दैन प्रहरी । बरु प्रहरीको टोलीले उनीहरुको कडा निगरानी गर्दै थप शंकास्पद गतिविधिहरु नियाल्दै पछ्याउन थाल्छ ।  

अन्ततः ती दुई शंकास्पद होटलमा पुगे लगत्तै करिब पौने ९ बजेतिर प्रहरीले उनीहरुविरुद्ध धावा बोलेर नियन्त्रणमा लिन्छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुको खानतलासी गर्दा कल्पनै नगरेको सुन बरामद गर्न पुग्छ ।

स्मरणरहोस् : यसअघि पनि तत्कालीन बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको समयमा पनि  ४ किलो बढी सुन नेपालगन्ज विमानस्थलबाट बरामद भएको थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP