prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पश्चिम नवलपरासीमा सुरक्षा निकायले पार्यो तस्करको निन्द्रा हराम, तस्करहरुको हरिविजोग
पश्चिम नवलपरासीमा सुरक्षा निकायले पार्यो तस्करको निन्द्रा हराम, तस्करहरुको हरिविजोग
banijya office
विदेशको बाटो रोज्दै कतिपय तस्करहरु
बागेश्वरी पोस्ट
सोमबार, जेठ २९, २०८० बागेश्वरी पोस्ट
पश्चिम नवलपरासीमा सुरक्षा निकायले पार्यो तस्करको निन्द्रा हराम, तस्करहरुको हरिविजोग

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी साना ठुला भन्सार छलीका अवैध सामग्री ल्याएर तस्करहरुको कमाउने एक स्थान भएपनि पछिल्लो समयमा सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धिरेन्द्रराज न्यौपानेले कमाण्ड सम्हाले यता तस्करहरुको निन्द्रा हराम गर्दै आएका छन् ।

nepalgunj 081-082

तस्करी निस्तेज अभियानमा लागेका एसपी न्यौपानेले दिएको कडा निर्देशनसँगै जिल्लाका सबै सशस्त्र प्रहरी इकाईहरुले अवैध सामग्री ओसारपसारलाई कडा निगरानी गर्दै धमाधम अवैध सामग्री बरामद गर्दै तस्करीलाई निस्तेज पार्दै आएका छन् ।

सशस्त्र प्रहरीका पश्चिम नवलपरासी भरका सीमामा रहेका  गुल्म तथा बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेपछि तस्करहरु दुलोभित्र पसेझैं भएका छन् । अहिलेको समयमा ती बिओपीहरुले सानो भन्दा सानो सामग्री ल्याउनलाई समेत कडाई गरेका छन् । यसो त कहिलेकाहींँ सुरक्षा निकायको आँँखा छल्दै सानातिना सामग्री भने तस्करहरुले भारतबाट ल्याउने भएपनि सीमामा तैनाथ सशस्त्र प्रहरीले त्यस्ता तस्करीका अवैध सामग्रीलाई कर्यापझ्याप बनाउंँदै आएको छ ।

एसपी न्यौपानेले कमाण्ड सम्हालेको ४ महिनामै सशस्त्र प्रहरीले तस्करविरुद्ध धावा बोल्दै ६१ लाख रुपैयाँ बढीको भन्सार छलीका अवैध सामग्री बरामद गरिसकेको छ । तस्करीलाई समाप्त पार्ने अभियानमा लागेको सशस्त्र प्रहरीले पश्चिम नवलपरासीका  नाकाबाट भारतबाट ल्याउंँदै गरिएका धेरै जसो अवैध लत्ताकपडा बरामद गरेको एसपी न्यौपानेले जानकारी दिएका छन् ।

तस्करी हुँदैछ भन्ने सूचना पाउने बित्तिकै रात होस् वा दिन होस् आफैं तस्करलाई धावा बोल्न जाने एसपी न्यौपानेले ४ महिनामै त्यति धेरै अवैध सामग्री बरामद गर्नु सर्हानीय कार्य समेत रहेको पश्चिम नवलपरासीका ब्यापारीहरु बताउँछन् ।

त्यहाँका एक ब्यापारीले एसपी न्यौपाने आएदेखि सीमाबाट हुने तस्करी निस्तेज बन्दै गएको बताए । उनले भने,' एसपी साब आएपछि तस्करहरुको मनोबल नै गिरिसकेको अवस्था छ, आजभोलि लुकिछिपी थोरै मात्रामा अवैध सामग्री ल्याए पनि सशस्त्र प्रहरीको कडा सीमा पहराले त्यस्ता सामग्री बरामद हुँदै आउँदा हामी जस्ता राज्यलाई कर तिर्ने ब्यापारीलाई राहत मिलेको छ ।'

पश्चिम नवलपरासीको भर्खरै मात्र कमाण्ड सम्हालेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) काजीकुमार आचार्यले पनि शान्तिसुरक्षालाई मात्र नभई तस्करीविरुद्ध धावा बोल्दै आएका छन् । दुवै सुरक्षा निकायको सहकार्यमा साना तथा ठुला  तस्करहरुको अहिले गुप्तबास झै भएको जिल्लाका अर्का एक ब्यापारी गजेन्द्र केसीले बताए ।

गजेन्द्र भन्छन्,'नेपाल प्रहरी र सशस्त्र प्रहरीको यो  कार्यप्रति सारा पश्चिम नवलपरासीका  ब्यापारीहरुमा आशा र उमंग छाएको छ ।' एसपी आचार्यले कमाण्ड सम्हालेको छोटो समयमै तस्करहरुको मनोबल नै खस्काउन सफल बन्दै गएका छन् ।

सशस्त्र  र नेपाल प्रहरीको तस्करी निस्तेज अभियानमा ब्यापारीहरु खुशी हुँदा त्यहाँका तस्करहरुले भने त्यहाँको सिङ्गो सुरक्षा निकायहरुलाई बदनाम गर्दै आएको अर्का ब्यापारी राजेन्द्र कार्कीले बताए । दुबै सुरक्षा निकायले तस्करहरुको निद्रा हराम गरेपछि त्यहाँका तस्करहरुले केहि स्थानीय पत्रकारलाई हातमा सुरक्षा निकायको बदनाम गर्ने उद्देश्यले तथानाम कपोकल्पित समाचारहरु प्रकाशित गराउँदै आएको कार्कीले बताए । अहिले सुरक्षा निकायले गरेको राम्रो कार्यको नवलपरासीका ब्यापारीहरुले प्रशंसा गर्दै आएका छन् ।

पश्चिम नवलपरासीमा तस्करहरुको हरिबोजोग हुँदा तस्करहरु आफैंले पैसाको प्रलोभन देखाएर सुरक्षा निकायलाई खरिद गर्ने सपना अधुरो भएपछि धेरैजसो तस्करहरु पलायन भएर विदेश जाने भन्दैछन् भने केहि तस्करहरु अझै पनि तस्करी गर्न पाइन्छ कि भन्ने अधुरो आशामा रहेका छन् । तर, त्यहाँका सुरक्षा प्रमुखहरुले राज्यविरुद्ध हुने सौदावाजी कदापि नगरिने बताउँछन् ।

जे होस् अहिलेको अवस्थामा पश्चिम नवलपरासीका दुबै सुरक्षा निकायले तस्करहरुलाई ठेगान लगाउँदै राजस्वलाई वृद्धि गर्दै आएका छन् । आशा छ यो कार्य सधैं चलोस् ।

 

 

 


प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP