prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • घोराही सिमेन्टको आईपीयो रोकियो
घोराही सिमेन्टको आईपीयो रोकियो
banijya office
बागेश्वरी पोस्ट
सोमबार, असार ४, २०८० बागेश्वरी पोस्ट
घोराही सिमेन्टको आईपीयो रोकियो

नेपालगन्ज । घोराही सिमेन्टको शेयर बिकाउन जालसाजी भएको आशंका गरिएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सोमबार विज्ञप्ति निकालेर धितोपत्रको सार्वजनिक निष्काशनमा आकर्षण देखाउन फर्जी आवेदनविरुद्ध कारबाही गरिने चेतावनी दिएको हो । 

nepalgunj 081-082

सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको घोराहीविरुद्ध सीडीएसले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदनको संख्या र परिमाणलाई प्रभावित पार्ने गरी आवेदन दिने कार्यलाई झुटा एवं जालसाजीयुक्त कारोबार हुने उल्लेख गरेको छ । 

“त्यस्तो कार्य गर्ने व्यक्ति र संस्थालाई धितोपत्र ऐन २०६३ बमोजिम झुटा र जालसाजीयुक्त कारोबार मानेर कारबाही गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता शेयर बिक्रीका लागि निष्काशन गरिरहेको छ । 

एक सय रुपैयाँ अंकित मूल्यको यी शेयर ३३५ सहित प्रिमियममा बिक्रीमा राखिएको छ । स्थानीय बासिन्दा, कर्मचारी र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणमा निष्कासन गरिएको शेयर मागअनुसार बिक्री भएको थिएन ।

त्यसैकारण, सर्वसाधारणको लागि जारी गरिएको शेयर पनि सबै परिमाणमा बिक्री नहुने आशंका थियो । तर, यसको शेयरमा आकर्षण रहेको देखाउन फर्जी तरिकाले आवेदन दिइएको सीडीएसले आशंका गरेको हो ।

अर्को कुरा त के भने माग भन्दा बढी नै शेयर भरिएको बताउँदा बताउँदै आवेदन दिने म्यादसमेत लम्ब्याएर असार १४ गतेसम्म पुर्याएसँगै सीडीएसले थप शंका गरेको हो । 

यो कम्पनीमा एक करोड कित्ता भन्दा बढीको आवेदन फर्जी रहेको सीडीएसले आशंका गरेको छ । ब्यांक खातामा पर्याप्त रकम नभएपछि यो परिमाणको आवेदन रद्द भइसकेको छ । 

घोराहीले आजसम्मको समय तोकेकोमा म्यादलाई लम्ब्याएर असार १४ गतेसम्म पुर्‍याएको छ । 

रद्द भएको आवेदन बाहेक नै घोराही सिमेन्टमा मागको तुलनामा दोब्बर आवेदन परिसकेको छ । तर, समय थपेसँगै शंकाको घेरामा परेको हो । 

प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्याइएको कम्पनीले दाबी गरेको छ । तर, यस अवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगावै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले बताएको छ । 

सीडीएसका अनुसार आइतबार साँझसम्ममा यस आइपीओमा ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ । ४ लाख ४५ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ७२ लाख ५५ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् ।  

यो माग भन्दा २.४९ गुणा बढी आवेदन हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो । 

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयर समेत थपेर सर्वसाधारणलाई जारी गरेको हो । 

घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । 

केयर नेपालले घोराही सिमेन्टलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले सन् २०२२ जुलाई २२ गते यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ जुलाई १३ गतेसम्म बाहल रहनेछ । हाम्राकुरा

 


प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:०८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP