Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • रुपन्देहीबाट ८ करोड बढीको सामग्री बरामद, के भन्छन् व्यापारी ? 
रुपन्देहीबाट ८ करोड बढीको सामग्री बरामद, के भन्छन् व्यापारी ? 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २, २०८० बागेश्वरी पोस्ट
रुपन्देहीबाट ८ करोड बढीको सामग्री बरामद, के भन्छन् व्यापारी ? 

रुपन्देही । रुपन्देहीबाट सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमै सशस्त्र प्रहरीतर्फ सबैभन्दा बढी अवैध सामग्री बरामद गर्न सफल भएको छ । आ.व. २०७९-८० मा सशस्त्र प्रहरी रुपन्देहीले ८ करोड ५५ लाख १० हजार ६०३ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गणले जनाएको छ ।

सशस्त्र प्रहरी रुपन्देहीले भन्सार छली गरी अवैध रुपमा भित्र्याईएका लत्ताकपडा, इलेक्ट्रिक, हार्डवेयरका सामान, घरायसी किराना सामग्रीहरु, सवारीसाधन, मल, काठ र  सुन जस्ता सामग्री बरामद गरेको हो  । त्यस्तै सशस्त्र प्रहरीले बरामद गरेका लाखौं रुपैयाँका पेय पदार्थ र पशुपंक्षीजन्य बस्तुलाई नष्ट गरेको जनाएको छ ।

सशस्त्र प्रहरीले रुपन्देहीका विभिन्न स्थानका खोला तथा नदीबाट अवैध उत्खननका नदीजन्य सामग्री समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीले आर्थिक वर्ष २०७९-८० मा बरामद गरेका सबै साढे  ८ करोड बढीको अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरीले राजस्व संकलन मात्र नभई जिल्लाभरका सीमा नाकामा कडा निगरानी हुँदा सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएका छन् ।


सीमामा कानुनको कार्यान्वयन हुँदा के भन्छन् वाणिज्य सघंका अध्यक्ष श्रेष्ठ ?

रुपन्देहीको सीमावर्ती बजारमा भारतीय ब्यापारीहरुले सञ्चालन गर्दै आएको सिद्धार्थनगर नगरपालिकास्थित मेउडीहवा नजिक दशगजा क्षेत्रमा रहेको फरेनी बजार जान नेपाली ब्यापारीलाई सशस्त्र र नेपाल प्रहरीले कडाई गरेपछि स्वदेशी बजारमा चहलपहल बढेको छ ।

यो कार्यको उद्योगी ब्याबसायीले प्रशासनको प्रशंसा समेत गरेका छन् ।

दशगजा क्षेत्रमा बर्षौंदेखि भारतीय ब्यापारीले सञ्चालन गर्दैआएको फरेनीबजार हप्तामा शनिवार र बुधवार गरी दुुईदिन सञ्चालन हुने गर्छ । त्यहाँबाट करोडौंको मालसामान बिना भन्सार नेपाल भित्रने गर्दथ्यो तर सीमामा तैनाथ सुरक्षा निकायको कडाइले अहिले सुनसान झै भएको बताउँछन् भैरहवाका व्यवसायीहरु ।

पछिल्लो समय प्रशासनले कडाई गरेपछि स्वदेशी उत्पादनको खपत बढेको र भैरहवा क्षेत्रको ब्यापारमा समेत चहलपहल बढेको सिद्धार्थ नगर उद्योग बाणिज्य सघंका अध्यक्ष ठाकुर श्रेष्ठले जानकारी दिए ।

सीमाबर्ती क्षेत्रमा नेपालीलाई लक्षित गरेर सञ्चालन हुने यस्ता बजार रोक्न बर्षौदेखि माग गर्दै आएकोमा पछिल्लो पटक प्रशासनले यसको सुुनुुवाई गरेको उनले बताए ।

‘सीमाबाट हुने अबैध चोरी पैठारी रोक्नुु पर्ने र सोका लागि सीमानाकामा कडाई गरी रुपन्देहीका व्यबसायीलाई संरक्षण गरिनुुपर्छ भन्ने हाम्रो निरन्तरको पहलले सार्थकता पाउने गरी सीमापारीका बजारमा किनमेल गर्न जाने प्रबृत्तिलाई  रुपन्देहीबाट निरुत्साहीत गरी स्थानीय बजार प्रवर्धनमा खेलेको भुमिकाप्रति अध्यक्ष श्रेष्ठले सुरक्षा निकायलाई धन्यबाद समेत दिएका छन् ।

यसअघि उद्योगी ब्याबसायीले सीमा क्षेत्रबाट हुने चोरी तस्करीका कारण भैरहवा क्षेत्रको ब्यापार ब्यबसाय बन्द गर्नुुपर्ने अवस्थामा पुुगेको भएपनि सुरक्षा निकायको प्रयासबाट अहिले नेपाली बजारमा चहलपहल बढेको अध्यक्ष श्रेष्ठले बताए  ।

देख्दा सामान्य देखिने यस्ता बजारबाट ठूलो मात्रामा राजस्व चुवाहट हुने हुँदा सीमावर्ती बजार सुनौलीमा ब्यापार प्रयोजनको उद्देश्यले किनमेल गर्न जाने ब्यापारीलाई नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको सहयोगमा चुहावट नियन्त्रणमा कडाई गरिएको छ ।

सीमामा तैनाथ सशस्त्र प्रहरीले सुनौली जानेहरुलाई दैनिक घरायसी प्रयोजनका लागि स्वदेशी बजारमै किनमेल गर्न प्रोत्साहन गर्ने गरी सम्झाउने काम गरिएपछि भारत जानेमा कमी हुँदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

रुपन्देहीका सबै सीमा नाकामा हुन सक्ने सम्भावित चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मी कडाइका साथ लागिएपछि नेपाली बजारमा अहिले उमंग छाएको देखिन्छ ।


प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP