नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • तुलसीपुरस्थित कमल पोखरीको मेटिँदै अस्तित्व
तुलसीपुरस्थित कमल पोखरीको मेटिँदै अस्तित्व
बागेश्वरी पोस्ट
आइतबार, साउन ७, २०८० बागेश्वरी पोस्ट
तुलसीपुरस्थित कमल पोखरीको मेटिँदै अस्तित्व

दाङ । तुलसीपुर रजौरास्थित कमल पोखरी ३६ बर्ष अघिसम्म आसपासका गाउँहरुको पानीको संकट टार्ने कमल पोखरी ताल आज आएर आफैं संकटमा परेको छ । डेढ करोड बढी खर्चिएर पोखरी कंक्रीट बनाइएपछि साउन महिनामा पनि त्यसमा एक थोपा पानी छैन ।

२०४४ सालसम्म यो पोखरीमा कमल ढकमक्क फूलेका हुन्थे । त्यखिखेर कमल पोखरीमा रातो कमलको फूल फूल्ने गर्दथ्यो । त्यसले पोखरी निकै आकर्षक देखिन्थ्यो । ती कमलका फूल, फल र जरा आसपासका मानिसहरुले लैजान गर्थे । त्यही भएर पोखरीको नाम कमल पोखरी राखिएको हो ।

स्थानीय दीपक न्यौपानेको परिवारले पनि औषधिका रुपमा कमलका फल र जरा प्रयोग गरेको गरे बताए । २०४४ साल पछि गोबिन्द रजौरे वडाध्यक्ष बनेको समयमा पोखरी खनेर थप गहिरो बनाइएको हो । कमलको फूलको बिनाश त्यतिखेरै भएको हो ।

यो पोखरीमा बैशाख जेठका एक आध महिना बाहेक २०७४ सालसम्म पानी जहिलै हुन्थ्यो । बिगत पाँच बर्ष पहिलेदेखि पोखरीलाई कंक्रीट बनाउने क्रम सुरु भएपछि तालको पानी सुकेको हो ।

बिगतमा तुलसीपुर आसपासका रजौरा, गोलौरा, राइखलियान, टरिगाउँ, टरिगैं जस्ता सुख्खा क्षेत्रका गाउँहरुका बस्तु चौपाया खडेरीको समयमा यही तालमा आएर प्यास मेट्थे । तुलसीपुरका मेयर टीकाराम खड्काले पाखेरी थप राम्रो बनाउने सोचका साथ काम भएपनि पानी नअडिएपछि अब के गर्ने भन्ने बारे सरसल्लाह भइरहेको बताए ।

पोखरीको विकासका लागि भनेर हालसम्म तुलसीपुर उपमहानगरले २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयबाट ४६ लाख ५४ हजार तीन सय ५२ र युएसएआइडीको तयार नेपाल कार्यक्रम अन्तरगत भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैंया लगानी भइसकेको छ ।

तीन निकायको १ करोड ५१ लाख ५९ हजार ९ सय ५३ रुपैयाँले पोखरीको भित्री वाल, भ¥याङ, वालको प्लाष्टर, कम्पाउण्ड, पर्खाल, कमल फूलको प्रतिमा र फूटपाथ निर्माण गरिएका छन् । अब यहाँ एउटा प्रशासनिक भवन, पाले भवन, गेट, पर्खालको प्लाष्टर, बत्ती जडान जस्ता काम हुन बाँकी छ ।

प्राकृतिक सौन्दर्य हराएको कमलपोखरीमा मानव निर्मित सौन्दर्य जोड्ने अदुरदर्शी प्रयासले पोखरीको अस्तित्व नै संकटमा पर्न थालेपछि स्थानीयले बिरोध गर्न थालेका छन् । करोडौं लगानी बालुवामा पानी समान भएको छ ।


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP