Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • साझा प्रजातान्त्रिक समूहको प्रतिबद्धता-पत्र सार्वजनिक
साझा प्रजातान्त्रिक समूहको प्रतिबद्धता-पत्र सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २३, २०८० बागेश्वरी पोस्ट
साझा प्रजातान्त्रिक समूहको प्रतिबद्धता-पत्र सार्वजनिक

नेपालगन्ज । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आज प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक समूहले १८ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेको हो ।

No description available.

१८ बुँदामा बैंक ब्याजदरको वृद्धि, ऋण प्रवाहमा भएको समस्या को अन्त्य गर्न समन्वयकारी भूमिका खेल्ने, बन्द रहेका उद्योगहरु संचालन गर्ने वातावरणका लागि पहल गर्ने, नेपाल-भारत सीमामा देखिएका व्यापारिक समस्या न्यूनीकरण तथा आयात निर्यातमा भारतीय तथा नेपाली भन्सारद्वारा विभिन्न बहानामा अतिरिक्त शुल्क लगायत दु:ख दिने क्रियाकलापको निराकरणका लागि पहल गर्ने, जडिबुटी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल गर्ने, कर प्रणालीलाई सहज बनाउन पहल गर्ने, सुख्खा बन्दरगाह शीघ्र संचालनका लागि दबाब दिने, महिलालाई उद्यमीलाई आवश्यक तालिम प्रदान गरी स्वरोजगार बनाउन अभियान चलाउने, बजार क्षेत्रमा पार्किङ व्यवस्थित गर्न उपयुक्त स्थानको पहिचान गर्ने, सार्वजनिक शौचालय निर्माण तथा भएका शौचालय प्रयोगमा ल्याउन स्थानीय सरकारसंग सहकार्य गर्ने, संघको सचिवालयलाई पूर्णरूपमा डिजिटलाइज गर्दै प्रविधिमैत्री र द्रुत सेवामुखी बनाउने, राप्ती नदीस्थित सिधनियाघाटमा शव दाह (लास) जलाउने ठाउँमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धता समेटिएको छ । 

प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार ललितकुमार रौनियारले संघको नेतृत्वमा पुगेकाहरु विगतमा उद्योगी व्यवसायीका सवालमा मौन बसेको भन्दै आफूहरु निर्वाचित भए व्यवसायिक हकहितमा प्रतिबद्ध भएर लाग्ने बताए । उनले संघको नेतृत्वप्रति विगतमा गुमेको विश्वास पुन:स्थापित गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरे । उनले खुला सीमामा कारण भोगिरहेको समस्या न्यूनीकरणका लागि पहल गर्ने दृढता व्यक्त गरे । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ  बाँकेका अध्यक्ष संजयकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सुनिलकुमार शर्मा, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेकपा एकीकृतका केन्द्रीय सदस्य अब्दुल हुसेन खान, राप्रपाका नेपालका केन्द्रिय सदस्य अभय बस्नेत लगायत उम्मेदवार, पत्रकार, शुभेच्छुक लगायत उपस्थित थिए । 

साझा प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा रौनियार, उद्योग उपाध्यक्षमा मो. सफिक बेहना बेहाना, बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार छन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् । यस्तै एसोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल तथा बस्तुगतर्फ हिमनाथ पौडेल र विनय श्रेष्ठ उम्मेदवार छन् । यस्तो छ प्रतिबद्धता-पत्र:


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP