नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने
नेपालगञ्ज उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने
मंसिर २० गते महासचिव पदको पुनः मतगणना गर्ने निर्णय
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १४, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षको बैठकः नेतृत्वको डटेर प्रतिवाद गर्ने

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघमा विवाद बढ्दै गएको छ । संघका अध्यक्ष टंकबहादुर धामी पक्षधरले एक्लौटी गर्न थालेको भन्दै असन्तुष्ट पक्षले त्यसको प्रतिवाद गरेको छ । अध्यक्ष धामीले आफूखुसी निर्णयहरु गर्दै गएको भन्दै पदाधिकारीसहितको असन्तुष्ट पक्षले बैठक नै बसेर त्यसको प्रतिवाद गर्ने निर्णय गरेको कोषाध्यक्ष मख्खनबहादुर धामीले बताए ।  

संघको नेतृत्वले कसैलाई काखा, कसैलाई पाखा नगरेर संघको बिधि बिधान अनुसार चल्नुपर्नेमा त्यसो नगरेको कोषाध्यक्ष धामीको आरोप छ । संघको बैठकमा नेतृत्व पक्ष अनुपस्थित भएपछि असन्तुष्ट पक्षले बुधबार बैठक बसेर बिभिन्न निर्णयहरु गरेको छ । बैठकले नेतृत्वको अब डटेर प्रतिवाद गर्ने निर्णय गरेको धामीले बताए ।

संघको बिधान अनुसार ७ दिन अगावै बैठक बस्ने भनेर सूचना जारी गरिँदा समेत बैठकमा अनुपस्थित भएपछि बिधानको धारा २८(६) अनुसार उपमहासचिव टेक बहादुर खड्काको अध्यक्षमा बुधबार बैठक बसेर केही निर्णय गरेको जनाइएको छ । बैठकले अध्यक्ष लगायतको पदाधिकारीले कुनै पनि निर्णय गर्दा आफूहरुलाई जानकारी नहुने कुराको बिरोध गर्दै देखिएको व्यथितिका बिरुद्ध अगाडी बढ्दै महासचिव पदमा भएको मतदानको सम्पूर्ण मतगणना नभएको कार्यलाई पूर्ण गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्तले महासचिव पदको मतगणना नहुँदै गरिएको घोषणा कार्यलाई बिधि बिधान अनुसार बनाउन सो पदका लागि अन्य मतपेटिकाको मतगणना गर्ने निर्णय गरेको धामीले बताए । बैठकपछि उपमहासचिव खड्काद्वारा जारी विज्ञप्तीमा महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुनःमतगणनाका लागि बिभिन्न मितिमा संघ लगायत बिभिन्न ठाउँमा दिएको निवेदनका आधारहरु प्रशस्त हुँदाहुँदै पनि नेतृत्वले वेवास्ता गरिरहेकोले सो निवेदनमा पुनः बिचार गर्नुपर्ने देखिएको उल्लेख गरिएको छ ।

उम्मेदवार शर्माले सो पदको पुनःमतगणा गरी पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन हालसम्म पनि बिचाराधीन रहेको र उच्च अदालत तुल्सीपुर नेपालगञ्जको इजलासको मिति २०८० असोज १५ को आदेशबाट पनि सो बिषयमा प्रशासनबाट टुंगो लगाउनुपर्ने आशय देखिएको हुँदा अदालतको आदेश समेतका आधारमा प्राप्त खामबन्दी गरी राखिएका मतपत्र मतगणना गर्न व्यवस्था मिलाई सोही कार्यालयबाट निष्पक्षरुपमा खामबन्दी गरिएका मत समेतको यही मंसिर २० गते पुनः मतगणना गर्ने जनाइएको छ ।

बैठकले मतगणनाका लागि एक जना अधिकृतको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरिदिन बाँके प्रशासनमा लेखी पठाउने र शान्ति सुरक्षाको लागि बाँके प्रहरीलाई अनुरोध गर्नुका साथै पुनः मतगणनाको कार्य सम्पन्न नहुँदासम्मका लागि संघको महासचिवको हैसियतमा भिम रानाभाटलाई कुनै पनि काम गर्न नपाउने र सो पदको काम कारवाही तत्कालका लागि संघका उपमहासचिव खड्काबाट गराउने निर्णय गरेको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP