Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न
नागरिक बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ३०, २०८० बागेश्वरी पोस्ट
नागरिक बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर २ मा अवस्थित नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।

आ.व. २०७९/०८० मा संस्थाले १३ करोड ६० लाख ८ हजार ४ सय ७८ रुपैयाँ ६० पैसा बचत संकलन गरेको छ । १५ करोड २५ लाख ३१ हजार ६ सय ६० रुपैयाँ ४० पैसा सदस्यहरुलाई फिर्ता गर्दा कुल बचत निक्षेपमा ३३ करोड २३ लाख ३ हजार ३ सय १६ रुपैयाँ ११ पैसा कायम रहको सहकारीका सचिव हिरेन्द्रबहादुर खड्काले जानकारी दिए । जसमा शेयर पुँजी १० करोड २ लाख ७ हजार ९ सय र मुनाफा कर ६७ लाख ७ हजार ६ सय रुपैयाँ ५३ पैसा रहेको संस्थाका कोषाध्यक्ष रबिन्द्रकुमार अर्यालले बताए ।

'सहकारीको दिगोपन स्वनियम र सुशासन' भन्ने मूल नाराका साथ आयोजना गरिएको साधारणसभाको प्रमुख अतिथि नेफ्स्कून बाँकेका प्रमुख छत्रप्रसाद धमलाले मैनबत्ती बालेर उद्धाटन गरेका थिए । उनले नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राम्रो काम गरेको बताए । यसलाई लुम्बिनी प्रदेशकै उकृष्ट बनाउन लाग्नुपर्नेमा उनको जोड छ । बरिष्ठ सल्लाहकार पुष्कारबहादुर खड्काले सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेकाले आगामी दिनमा जिल्लाकै उकृष्ट संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् ।

साधारणसभामा सहकारीका सल्लाहकार रमनाथ ढकाल, विष्णुबहादुर बोगटी, लेखा समिति संयोजक उपाध्यक्ष जंगबहादुर विष्ट, कोषाध्यक्ष अर्याल, शान्ति सिंह ठकुरी, सञ्चालक सदस्य रमेशकुमार मिश्र, सञ्चालक सदस्य निमा खत्री गुरुङ्ग, लेखा समिति सदस्य दिलबहादुर थापा, लेखा समिति सदस्य पदमा चन्द शाही, ऋण सदस्य दयाराम ढकाल, ऋण उपसमिति सदस्य धालेन्द्रकुमार चौधरी लगायत उपस्थित थिए । संस्थाका अध्यक्ष जयलाल पराजुलीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सहकारीका व्यवस्थापक गोपालबहादुर थापाले जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
नेपालमा पनि लोकप्रिय बन्दै हुवावे, विश्व स्मार्टवाच बजारमा नम्बर १
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP