नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पाँच महिनामा बाँके ट्राफिकले उठायो करिब १ करोडको राजस्व
पाँच महिनामा बाँके ट्राफिकले उठायो करिब १ करोडको राजस्व
बागेश्वरी पोस्ट
सोमबार, पुस २, २०८० बागेश्वरी पोस्ट
पाँच महिनामा बाँके ट्राफिकले उठायो करिब १ करोडको राजस्व

सौरभ गिरी/कोहलपुर । बाँके ट्राफिक प्रहरीले जिल्लाभर ट्राफिक व्यवस्थापनलाई चुस्त पार्ने अभियानमा यस आर्थिक वर्षको ५ महिनामा  जरिवाना वापतको  झण्डै १ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

आ.व. २०८० सुरु भएयताको मंसिर मसान्तसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाभरबाट ट्राफिक नियमको उल्लंघन गर्दै चलेका ११ हजार ८६८ सवारीसाधनलाई कारबाही गर्दै ९१ लाख ४८ हजार ५ सय रुपैयाँ र ८१९ चालकलाई  मादक पदार्थ ( मापसे) कारबाही गर्दै ८  लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए।

ट्राफिक प्रमुख सुवेदीका अनुसार गत साउनमा ट्राफिक नियम उल्लंघन गरि चलेका १७५७ सवारीसाधनलाई कारबाही गर्दै १३ लाख ६७ हजार ५ सय जरिवाना गरेको छ भने साउन महिनामै मादक पदार्थ (मापसे) सेवन गरेर चलाइएका १४४ जना चालकलाई कारबाही गर्दै १ लाख ४४ हजार रुपैयाँ राजस्व उठाएको हो।

त्यस्तै भदौ महिनाभर १९६१ सवारीसाधनबाट १५ लाख ६ हजार ५ सय र मापसे कारबाहीमा १४८ चालकलाई कारबाही गर्दै १ लाख ४८ हजार रुपैयाँ  राजस्व संकलन गरिएको हो।

ट्राफिक प्रहरीले असोज महिनामा ट्राफिक नियम विपरीत चलेकाब २६७८ सवारीसाधनबाट २० लाख ४५ हजार र मापसे कारबाहीमा १३८ चालकबाट १ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रमुख सुवेदीले जानकारी दिएका छन् ।

नियम उल्लंघन गरि कार्तिक महिनामा जिल्लाभरमा चलेका २४७६ सवारीसाधनलाई कारबाही गर्दै  बाँके ट्राफिकले १८ लाख ९९ हजार रुपैयाँ र मापसे कारबाहीमा २३१ चालकबाट २ लाख ३१ हजार रुपैयाँ संकलन गरेको हो भने मंसिर मसान्तसम्म ट्राफिक प्रहरीले २९९६ सवारीसाधनबाट २३ लाख ३० हजार ५ सय र मापसे कारबाहीमा १५८ चालकबाट १ लाख ५८ हजार रुपैयाँ संकलन गर्दै साउनयता ५ महिनामा ९९ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्न सफल बनेको  सुवेदीले बताए।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी बाँकेले जिल्लामाभरमा ३९ हजार ८७६ जनालाई ट्राफिक सचेतना तालिम दिएको छ। बाँके ट्राफिक प्रहरीका अनुसार गत साउन महिनामा १२१ पटकको ट्राफिक सचेतन कार्यक्रममा ६७ सय २६ जना सहभागी भएका थिए भने भदौमा १५३ पटकमा ६८ सय ५६ जना र असोज महिनाभर १८५ पटक दिएइको ट्राफिक सचेतना कार्यक्रममा ७२ सय ९० जना सहभागी भएका थिए।

यस्तै कार्तिक र मंसिरमा क्रमशः २०४ पटकमा ६९ सय ८९ र २३२ पटकको सचेतना कार्यक्रममा १२ हजार २३ जना सहभागी भएको बाँके ट्राफिक प्रहरी प्रहरी सुवेदीले बताए।

गत साउनयता ट्राफिक प्रहरी बाँकेले जनाएअनुसार ५ माहिनामा सवारी दुर्घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् ।

गत साउनमा जिल्लाभर भएका ८ वटा सवारीसाधन  दुर्घटनामा ३ जनाले ज्यान गुमाए भने ६ जना गम्भीर र ४ जना सामान्य घाइते भएका थिए। त्यसैगरी भदौमा १० सवारीसाधन दुर्घटनामा ९ जनाले ज्यान गुमाएको र ७ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ।

त्यस्तै असोजमा  ११ सवारीसाधन  दुर्घटनामा ४ जनाले ज्यान गुमाएको र उक्त सवारीसाधन दुर्घटनामा ९ जना गम्भीर घाइते भए भने ७ जना सामान्य घाइते भएका हुन् । कार्तिक महिनामा २५ सवारी दुर्घटनामा ७ जनाको मृत्यु भयो भने १९ जना गम्भीर र ११ जना सामान्य घाइते भएका थिए। मंसिरमा जिल्लाभर  ११ सवारी दुर्घटनामा ६ को मृत्यु हुनुको साथै ७ जना गम्भीर र २ सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ।

त्यस्तै गत साउनमा ५ छाडा चौपायाको मृत्यु भयो भने १ घाइते भएको र भदौमा १ को मृत्यु र १ छाडा चौपाया घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।

माथि उल्लेखित जरिवानाको बापतको राजस्व गत आर्थिक वर्षको ५ महिनाको तुलनामा बढी हो। हाल बाँके ट्राफिक प्रहरीले दैनिकजसो ट्राफिक सचेतना कार्यक्रम दिदै गर्दा सवारी दुर्घटनामा केही कमी आएको पाइएको छ।

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP