नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारी रकम अपचलनमा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद
सहकारी रकम अपचलनमा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २७, २०८० बागेश्वरी पोस्ट
सहकारी रकम अपचलनमा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद

नेपालगन्ज । बाँकेमा सहकारी रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत बाँकेले सहकारी वित्तीय संस्था लिमिटेड नेपालगञ्जको रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि पाँच वर्ष कैद सजाय र चालिस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना तोकेको हो । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति पदाधिकारी र कर्मचारीहरु रहेका छन् । अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराध संहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको हो ।

न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लिलाप्रसाद वली, सुरतराम खटिक र किरण श्रेष्ठलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना तोकेको छ । रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख पाठकबाट २४ करोड ९१ लाख बिगो, प्रमुख प्रबन्धक भण्डारीबाट ४ करोड ४८ लाख ९ सय ५९ रुपैयाँ बिगो तथा व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी सुवेदीबाट २ करोड ८३ लाख ७३ हजार २ सय ९५ रुपैयाँ बिगो भराउन आदेश दिएको छ ।

यस्तै गौरवकुमार श्रेष्ठ र बलराम यादवलाई चार वर्ष कैद र चालिस हजार जरिवाना तथा रविन्द्र थापालाई तीन वर्ष कैद र पचास हजार जरिवाना, सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद र पचास हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पचास हजार जरिवाना, शारदाकुमारी थापा मगर, रविन्द्र थापा, स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पचास हजार जरिवाना तोकिएको जिल्ला अदालत बाँकेले जनाएको छ ।

यो मुद्दामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो । ३८ करोड अपचलन मुद्दामा अरुले सफाई पाएका छन् । ७ जना कारागारमा छन् । ११ हजार ४ सय ८ जना निक्षेपकर्ता रहेको उक्त सहकारीमा ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । चार वर्षपछि अदालतले फैसला सुनाएको हो । बचतकर्ताहरुले जम्मा गरेको ३८ करोड हिनामिना भएपछि सहकारी वित्ती विकास संस्था २०७६ असोजदेखि बन्द छ ।


प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP