नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
बागेश्वरी पोस्ट
शनिबार, पुस २८, २०८० बागेश्वरी पोस्ट
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

नेपालगन्ज । माता वागेश्वरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालू आर्थिक वर्ष ०८०–०८१ मा सात करोड वचत गर्ने लक्ष्य लिएको छ । शनिवार नेपालगन्जमा भएको संस्थाको १३औँ वार्षिक साधारण सभामा प्रवन्धक लक्ष्मी काफ्लेले आर्थिक वर्ष ०८०–०८१ मा सात करोड वचत गर्ने लक्ष्य लिएको जानकारी दिइन् । आव ०७९–०८० सम्म पाँच करोड २५ लाख ९६ हजार ३७९ रुपैयाँ वचत रहेको उक्त संस्थाले चालू आवमा ६ करोड २५ लाख ३५ हजार ६ सय रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य लिएको छ । गत आवमा पाँच हजार ५४ जना शेयर सदस्य रहेको माता वागेश्वरी वचत तथा ऋण सहकारी संस्था चालू आवमा पाँच हजार सात सय शेयर सदस्य पुर्याउने लक्ष्यका साथ अगाडि बढेको छ ।

संस्था चालू आवमा एक करोड ७५ लाख ४४ हजार ५६६ रुपैयाँ आम्दानी गर्ने गरी अगाडि बढेको बताउँदै उनले संस्थासँग १० लाख ३६ हजार ८८१ रुपैयाँ सम्पत्ति रहेको बताइन् । माता वागेश्वरी वचत वचत तथा ऋण सहकारीका अध्यक्ष रसिद अहमद कुरैसीले सहकारीसँग ८८ लाख ७५ हजार शेयर पुञ्जी रहेको जानकारी दिए । उनले ३३ लाख १८ हजार ७४५ रुपैयाँ जगेडा तथा अन्य कोषमा रहेको बताउँदै आठ लाख २२ हजार २२० रुपैयाँ बैँकमा मौज्दात रहेको बताए ।

उनले सहकारी ऐन, नीति, नियम र परिधिभित्र रहेर सहकारी संचालन गरेको बताउँदै वचतकर्ताको रकम सुरक्षित गर्न सहकारीले दृढ संकल्प लिएको स्पष्ट पारे । नियमित लेखा परीक्षण गरी सहकारीलाई पारदर्शी बनाएको दावी गर्दै अध्यक्ष कुरैसीले शेयर सदस्यको सहभागितामा साधारणसभा गर्दै आएको जानकारी दिए ।

प्रमुख अतिथि लुम्विनी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल यादवले सहकारीप्रति जनताको विश्वास घट्दै गएकोले पारदर्शी भएर सहकारी संचालन गर्न आग्रह गरे । माता वागेश्वरी वचत तथा ऋण सहकारीले जिल्लामै उत्कृष्ट काम गरेको बताउँदै उनले वचतकर्ताको रकम सुरक्षित राख्न सके मात्र जनताको विश्वास बढ्ने बताए । ‘जनताको पैसा खाएर सहकारी भागेको भन्ने सुनेर सहकारीप्रति वचतकर्ताको विश्वास घट्दै गएको छ । जनतालाई विश्वास दिलाए मात्र सहकारी संचालन गर्न सकिन्छ,’ उनले भने ।

नेपालगन्जका उपमेयर कमरुद्धिन राईले सहकारीले तल्लोस्तरका नागरिकलाई समेटेको बताउँदै आफ्नो गास काटेर वचत गरेको रकमको सुरक्षा गर्ने दायित्व सहकारीको भएको बताए । उनले सहकारीको लक्ष्य र उद्देश्य अनुरुप काम गर्न आग्रह गर्दै आगामी दिनमा अझ राम्रो काम गर्न सुझाव दिए । सो अवसरमा सहकारी बैँकका केन्द्रिय संचालक समितिका सदस्य विजया धिताल, सहकारी वैँक नेपालगन्जका प्रवन्धक प्रकाश थपलिया, जिल्ला वचत तथा ऋण सहकारी संघका प्रमुख हिरा खराल, सन नेपाल इन्स्योरेन्सका प्रवन्धक कमल शाही लगायतले सहकारीको बारेमा विचार राखेका थिए । 


प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २२:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP