नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा 'मेयरसंग रोजगारदाता' कार्यक्रम
नेपालगञ्जमा 'मेयरसंग रोजगारदाता' कार्यक्रम
बागेश्वरी पोस्ट
आइतबार, असार २, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'मेयरसंग रोजगारदाता' कार्यक्रम

नेपालगञ्ज । रोजगारी प्रबद्र्धन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले 'मेयरसंग रोजगारदाता' कार्यक्रम सुरु गर्दैछ । आगामी आर्थिक बर्षदेखि सुरु गरिने यस कार्यक्रमका विषयमा आज उद्योगी व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिनेछ ।  

नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगञ्ज उद्योग बाणिज्य संघसंगको सहकार्यमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने अनुसारका कामदारलाई दक्ष बनाउने गरी उपमहानगरपालिकाले तालिम दिएको अवस्थामा उनीहरुलाई पदस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उद्योग व्यवसायको आवश्यकतामा आधारित सीप तथा दक्षता अभिबृद्धि तालिम सञ्चालन गर्ने तथा बेरोजगारलाई त्यहीँ नै पदस्थापन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।

नेपालगञ्जमा भारतबाट थुप्रै श्रमिकहरु आउने गरेको भन्दै उद्योगी व्यवसायीहरुले स्वदेशी नागरिकलाई उद्योगधन्दा वा व्यवसायको आवश्यकताका आधारमा तालिम दिने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् । "हामीलाई आवश्यक परेको कामदारका बारेमा हामी भन्छौं, नेपालगञ्ज उपमहानगरपालिकाले त्यसै अनुसारको तालिमका लागि सहजीकरण गर्नुपर्यो," उद्योगी ब्यवसायीले भने- "त्यसो भएमा 'अन द जब तालिम' प्रभावकारी हुन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उद्योग बाणिज्य संघसंग सहकार्य गरेर अघि बढ्ने बताउँदै रोजगारी प्रबद्र्धन गर्ने गरी हातेमालो गर्न आह्वान गरे । विष्टले आवश्यकता पहिचान गरेर आगामी नीति तथा कार्यक्रममा समेट्ने गरी प्रस्ताव पेश गर्न पनि आग्रह गरेका छन् । "उद्योगधन्दा, कलकारखाना, होटल, व्यवसाय, प्रतिष्ठानले पनि दक्ष कामदार पाउन् र बेरोजगारी घटाउने हाम्रो लक्ष्य पनि पूर्ति हुँदै जाओस भन्ने हाम्रो ध्येय हो," उनले भने-"आउनुहोेस् हातेमालो गरौं ।" रोजगारदाता उद्योग व्यवसायको प्रबद्र्धन, बेरोजगार ब्यक्तिहरुको दिर्घकालीन रोजगारी र पालिकाको समृद्धिमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम गरिएको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताइन् । बेरोजगार पदस्थापनमा सम्भावना र चुनौतीहरुबारे छलफल गर्ने उद्देश्य पनि रहेको ज्ञवालीको भनाई छ ।

May be an image of 3 people, lighting and text

त्यस क्रममा विभिन्न उद्योग, व्यवसाय, होटल तथा प्रतिष्ठानका सञ्चालकहरुले आफूहरुलाई चाहिएको कामदारको प्रकृति र संख्याबारे समेत उपमहानगरपालिकालाई जानकारी गराएको रोजगार सहायक अनुप बर्माले जानकारी दिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, अधिकृत दिपेन्द्र श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, बरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओली लगायत उद्योगी ब्यवसायीको उपस्थिति थियो । 

May be an image of 6 people and text


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १८:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP