नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जले ल्यायो १ अर्ब ५० करोडको बजेट
नेपालगञ्जले ल्यायो १ अर्ब ५० करोडको बजेट
वडा नम्बर २० मा 'जलन उपचार केन्द्र' निर्माणका लागि आवश्यक पहल गर्ने
बागेश्वरी पोस्ट
सोमबार, असार १०, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जले ल्यायो १ अर्ब ५० करोडको बजेट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेका हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड कम हो ।

May be an image of 1 person, temple, dais and text

आगामी आर्थिक वर्षमा २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तावित  बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानिकरण (प्रदेश) २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नगर प्रमुख विष्टले 'समृद्ध सहर, नगरवासीको रहर' भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

May be an image of 1 person, dais and text

नीति तथा कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य प्रवर्द्धनात्मक सहरको रुपमा रुपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपांगता भएकाहरुको स्वास्थ्य बीमा, विद्यालयहरुमा सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयहरुको विपद व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपांगमैत्री, लैंगिकमत्री वातावरण निर्माणमा जोड दिने कार्यक्रम समेटिएको छ ।

यस्तै एक कृषि सहकारी, एक कृषि उपज उत्पादन कार्यक्रम संचालन गर्ने, 'हामी फर्काउँछौं हाम्रो सहकारीको विश्वास' भन्ने आह्वानका साथ सहकारीप्रति गुमेको विश्वास फर्काउने सहकारीलाई जिम्मेवार बनाउने, उद्यमशिलता प्रवर्द्धन गर्न महिला उद्यमी सहजीकरण केन्द्र र नमुना बस्ती विकास कार्यक्रमको निरन्तरता, जेष्ठ नागरिकको सम्मानका लागि आमाबुवा चौतारी कार्यक्रमको निरन्तरता, बालविवाह न्यूनीकरणका लागि बालिका शिक्षा तथा मुद्दती खाता योजना, वडा नम्बर २० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्ने, पर्यटन प्रवर्द्धनका लागि भिजिट वेष्टर्न नेपाल २०८१ कार्यक्रम संचालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण, कृषि कार्यमा कृषि मेशिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषक आम्दानीमा वृद्धि गर्दै लैजाने, प्रांगारिक खेतीका क्षेत्रहरु विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकाहरुसंग समन्वय, सहकार्य  गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नश्ल सुधारको लागि गाईभैंसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

May be an image of 3 people, temple, dais and text

सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज, पहिचान र संरक्षण गर्ने, नेपालगञ्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने, फोहोरमैला र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रभावकारीरुपमा व्यवस्थापन गर्ने, नगरमा डुबान न्यूनीकरण गर्न नाला सरसफाईलाई निरन्तरता दिने, उद्यमशिलता र स्वरोजगारका अवसरहरु सिर्जना गरी स्थानीय आर्थिक विकासलाई बढवा गर्ने, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक समन्वय गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिंगरोडको विकाससंगै सामूहिक बस्ती विकासका लागि पहल गर्ने, नगरभित्र व्यवस्थित पार्किङका लागि आवश्यक पहल गर्ने, 'मेयरसंग रोजगारदाता' कार्यक्रम सञ्चालन गरी बेरोजगार नागरिकलाई कार्यस्थलमा आधारित तालिम संचालन गरी रोजगारीका लागि पदस्थापन गर्ने, रोजगार मेला सञ्चालन गर्ने, वैदेशिक रोजगारबाट फर्केकालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको छ ।

सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेको सभामा प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २१ का अध्यक्ष राजकुमार साहु, वडा नम्बर १८ का अध्यक्ष अध्यक्ष दीपक कुमार बर्मा, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २० का अध्यक्ष कौशल कुमार धोबी, वडा नम्बर ५ का अध्यक्ष सराफत अलि शेष र वडा नम्बर २ का मनोज कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

May be an image of 4 people, beard and text


प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
न्यु एयर इभको दिन होटल सिद्धार्थ नेपालगञ्जमा छेवाङ लामा एण्ड ब्याण्डको प्रस्तुति
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
झण्डै दुई लाख पाहुनालाई स्वाद चखाउँदै सकियो पौवाको 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
होटेल पौवाको नवौं वार्षिकोत्सब: चैत २५ देखि 'स्वाद उत्सब'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP