prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • युवा नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित
युवा नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित
banijya office
बागेश्वरी पोस्ट
शनिबार, असोज १९, २०८१ बागेश्वरी पोस्ट
युवा नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

कोहलपुर । आर्थिक मन्दीले निराशा छाएको कोहलपुरका व्यवसायीहरुको मुहारमा प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहको उम्मेदवारीले खुसी छाएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । लामो समयदेखि व्यवसायीका हक, हितमा काम गर्दै आएका सक्षम युवा भट्टराई नेतृत्वको समूहको उम्मेद्वारीले व्यवसायीहरु हर्षित भएको स्थानीय व्यवसायी बिजय पुडासैनीले प्रतिक्रिया दिएका छन् ।

nepalgunj 081-082

कोहलपुरको व्यापारिक विकासलाई नयाँ उचाईमा पु¥याउन लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उमेद्वारहरु यतिबेला प्रचारप्रसारमा होमिएका छन् । पूर्वाधार विकास, व्यापार प्रवर्द्धन, रोजगारी सृजना र व्यवसायीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने भन्दैे कोहलपुरलाई एक आधुनिक र प्रतिष्पर्धी व्यापारिक केन्द्र बनाउने लक्ष्यसहित ब्यापकरुपमा लोकतान्त्रिक समावेशी समूहका उमेद्वारहरुले मतदाता भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरु भेटघाट गर्न लोकतान्त्रिक समावेशी समूहले घरदैलो तथा प्रचारप्रसार कार्यक्रमलाई तीब्रता दिएको छ । शनिवार विहान र अपरान्ह गरी समूहले कोहलपुर नगरपालिका वडा नम्बर ११ अन्तर्गत एनटिभी रोड, दशबिगाह, पुरानो बसपार्कमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक समानता, सामाजिक समावेशिता र सबै प्रकारका व्यवसायलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले भने,‘कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो ।’ पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएका अध्यक्ष पदका उम्मेदवार भट्टराईले संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने प्रतिक्रिया दिएका छन् । आफू निर्वाचित भएपछि संघलाई व्यवसायीहरूको हितमा काम गर्ने प्रभावकारी संस्था बनाउने भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

May be an image of 3 people, hospital and text

चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमपछि समूह तर्फका बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार चण्डी प्रसाद गैरेले प्रचारप्रसारले दिनप्रति दिन नयाँ आयाम लिइरहेको बताए । यस अभियानले कोहलपुरको व्यापारिक क्षेत्रमा नयाँ उर्जा थपेको बताउँदै व्यवसायीहरूको आवाजलाई संस्थागतरूपमा उठान गर्न र कोहलपुरको व्यापारिक विकासमा नयाँ अध्याय थप्न प्रतिबद्ध रहेको बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार गैरेले बताए । प्रचारप्रसारका क्रममा व्यवसायीहरूले लोकतान्त्रिक समावेशी प्यानलका उम्मेदवारहरूलाई समर्थन जनाएका छन् । उनीहरूले यस प्यानलले कोहलपुरको व्यापारिक क्षेत्रको विकासका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । प्रचारप्रसार कार्यक्रममा व्यवसायीहरूले लोकतान्त्रिक समूहले सबै प्रकारका व्यवसायीहरूको हितलाई ध्यानमा राखेर काम गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् ।

May be an image of 5 people and text

भट्टराईको नेतृत्वमा चण्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिशरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कँडेल कोषाध्यक्ष र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् । लोकतान्त्रिक समावेशी प्यानलको एशोसियट सदस्यतर्फ राजेन्द्र प्रसाद रिजाल, खुल्ला सदस्यतर्फ अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरीधारी शर्मा, मान बहादुर बुढाथोकीसहित ममता थापा र सिता योगी अधिकारी महिला सदस्यतर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।


प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १८:३०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP