prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • कांग्रेसमा नेतृत्व परिवर्तनः फोर्सफुल कि ग्रेसफुल एक्जिट ?
कांग्रेसमा नेतृत्व परिवर्तनः फोर्सफुल कि ग्रेसफुल एक्जिट ?
banijya office
नवीन गिरी
शुक्रबार, असार १८, २०७८ नवीन गिरी
कांग्रेसमा नेतृत्व परिवर्तनः फोर्सफुल कि ग्रेसफुल एक्जिट ?

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको नेतृत्व दौडले ‘लय’ समातिसकेको छ  । नेतृत्वमा स्थापित हुने दौडमा करिब एक दर्जन नेताहरु छन् । मुलुकको सबैभन्दा पुरानो र गर्विलो इतिहास बोकेको जीवन्त पार्टीको ‘शीर्ष आसन’मा बस्ने हुटहुटीले धेरैको मनलाई तरंगित बनाएको छ । २०५७ सालमा पोखरामा भएको दशौं महाधिवेशनदेखि सभापतिमा भिड्दै आएका शेरबहादुर देउबा, जसले २०७२ सालमा सम्पन्न तेह्रौं महाधिवेशनमा सफलताको स्वाद चाखेका थिए, उनीसंगै उक्त महाधिवेशनमा उनकै प्रतिद्वन्दी बनेर मैदानमा उत्रेका रामचन्द्र पौडेल, कृष्ण सिटौलादेखि दोस्रो पुस्ताका भनिएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला, सुजाता कोइराला लगायत त्यसपछिको पुस्ताका कल्याण गुरुङ समेतले नेतृत्व दौडमा रहेको स्पष्ट जनाउ दिइसकेका छन् । यद्यपि १३औं महाधिवेशनमा तेस्रो धारको नेतृत्व गर्दै चुनावी मैदानमा होमिएका सिटौला भने यो पटक त्यति ‘मुखरित’ भएका छैनन् ।
 

nepalgunj 081-082

कांग्रेसमा विद्यमान पहिलो पुस्ताका नेतादेखि तेस्रो पुस्ताका नेताले नेतृत्वमा दाबेदारी प्रस्तुत गरिरहँदा पार्टीभित्र अहिले जबर्जस्त ढंगले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस तातेको छ । अघिल्लो पुस्ताले छोड्नै नमान्ने....पछिको पुस्ताले सजिलै विस्थापन गर्न नसक्ने परिस्थितिका कारण कांग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा पेचिलो बन्ने निश्चित छ । बाचुञ्जेल पार्टीको कार्यकारी पदमै बसेर राजनीति गर्न चाहने मनोविज्ञानले गाँजेका कारण नेपालमा हरेक पार्टीभित्र यो समस्या ‘दिर्घरोग’ का रुपमा रहेको छ । यो परिदृश्यबाट नेपाली कांग्रेस पनि अछुतो छैन । भनिन्छ—एउटा असल नेता र नेतृत्वले आफू भन्दा असल र अब्बल उत्तराधिकारी जन्माउँछ । तर, यो कथन चरितार्थ हुन सकेको छैन । हामीकहाँ त ‘एसमेन’हरु मात्र जन्माइए । शीर्ष नेताहरुको छायाँमा पर्दा सेतोलाई सेतो—कालोलाई कालो भन्ने हिम्मतसम्म गर्दैनन् । नेताको परिक्रम गरेरै ‘नेता’ बन्ने संस्कारले मलजल पाउँदै गएको छ । पुरानो र ठूलो प्रजातान्त्रिक पार्टीभित्र नेतृत्व हस्तान्तरणमा असल संस्कार बसाउन नसक्दा ‘गञ्जागोल’ अवस्था देखिन्छ । सही थिति बस्न नसक्दा नेतृत्व जाम भएर बस्ने परिस्थिति निर्माण हुँदै गयो, फलस्वरुप पार्टी नेतृत्वमा ‘बग्रेल्ती आकांक्षी’हरु मुख मिठ्ठ्याएर बस्ने अवस्था सिर्जना भएको छ ।

अहिले नेतृत्वमा दाबी गरेका सबै दोस्रो तहका नेताहरुले लोकप्रिय युवा नेताहलाई आफ्नो समूहमा राखेर प्रतिष्पर्धामा जान खोज्नुले पनि अब १५ औं महाधिवेशन अहिले युवा भनिएका नेताको हातमा जाने सम्भावना बढेर गएको छ । कान्छो पुस्ताका कल्याण गुरुङले पहिलो तहका बरिष्ठ नेताहरुलाई चुनौति दिँदै सभापतिमा उम्मेदवारी घोषणा गर्नु आफैंमा परिवर्तनको शुरुवात हो ।


अहिलेका पार्टी सभापति शेरबहादुर देउबाको कांग्रेस पार्टी जीवनमा अमूल्य योगदान छ । जेलनेल सहँदै व्यवस्था परिवर्तनका आन्दोलनहरुमा जीवन होमेका उनी २०५२ सालमै प्रधानमन्त्री भए । २०५७ सालदेखि सभापति लडेका उनले ढिलै भएपनि सफलता हासिल गरे । यद्यपि २०५९ मा पार्टी विभाजन गरेर उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति भइसकेका थिए । २०७४ सालको निर्वाचन गराएर संविधान कार्यान्वयनको चरणलाई गति दिने काम उनले गरेका थिए । तर, उनको नेतृत्वको कांग्रेसले त्यसबेला इतिहासकै ‘शर्मनाक हार’ व्यहो¥यो । पार्टी जीवनलाई उनले सही ढंगले हाँक्न सकनेन् । १३औं महाधिवेशनमा भागबण्डाको राजनीति अन्त्य गर्ने मुख्य एजेण्डा बनाएका देउबा ‘गुट’ भन्दा माथि उठ्न सकेनन् । कांग्रेसमा उनी ‘टेस्ट’ भइसके । पार्टीमा उनले अब खास चमत्कार गर्न सक्दैनन् । उनले पार्टीमा अब अभिभावकीय भूमिका निभाएर ‘सबै कांग्रेसजन’को नेता हुनु मनासिब हुन्छ । रामचन्द्र पौडेल नेपाली राजनीतिका ‘बेदाग’ नेता हुन् । देउबाका समकालीन पौडेलले देउबा जति अवसर पाएनन् । उनलाई न पार्टी न सरकार, दुबैमा कार्यकारी भूमिका निर्वाह गर्ने अवसर मिलेन । यसमा उनी ‘अभागी’ नेता हुन् । उनी बैचारिक नेता हुन्, पार्टीलाई दिशानिर्देश गर्ने ल्याकत राख्छन् भन्ने बुझाई त छ । तर, समयले उनलाई यस्तो ठाउँमा ल्याइदियो अब अर्को तहका नेताका लागि मार्गप्रशस्त गर्नुपर्ने दायित्वले थिच्यो । आफू अभिभावक बनेर पार्टी जीवनलाई मजुबत बनाउन भूमिका खेल्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसो त एक पटक त उनले आफ्नो समूहबाट सभापतिमा प्रतिष्पर्धा गर्ने अवसर त पाएकै हुन्, भलै उनी त्यो परिक्षामा उत्तीर्ण हुन सकेनन् । संसदीय दलको नेता भएर प्रधानमन्त्रीका प्रत्यासी पनि भएकै हुन् । तर, परिणाम उनको पक्षमा आएन । एउटा गुटको नेता बनेर भागबण्डालाई प्रश्रय दिने गरी गतिविधि गरेको ‘चर्को आरोप’बाट पनि उनी अछुतो छैनन् । सिटौला पनि १३औं महाधिवेशनमा एउटा समूह नै बनाएर होमिए । तर, सफलता मिलेन । दोस्रो चरणमा देउबालाई साथ दिएर भागबण्डाको राजनीतिमा राम्रै ‘गेन’ गरेका सिटौलाले यो महाधिवेशनमा अब ‘रहर’ नगर्नु उचित हुनेछ । चलाख र रणनीतिक छविका सिटौलाको पनि नेपाली राजनीतिमा ठूलो भूमिका छ । तर, कांग्रेसको नेतृत्वमा पुग्ने शौभाग्य उनलाई पनि नमिल्ने देखिन्छ ।

उमेरले युवा तर विचार, एजेण्ड र मार्गचित्रविहिन नेतृत्वले पनि कुनै ‘चमत्कार’ गर्न सक्दैन भन्ने यथार्थलाई पनि हेक्का राख्न जरुरी छ । आशा गरिएका युवा नेताहरु यसतर्फ पनि सचेत रहन आवश्यक छैन र ?

पहिलो पुस्ता भनेर यहाँ चर्चा गरिएका शेरबहादुर देउबा, रामचन्द्र पौडेल र कृष्ण सिटौला पछिल्लो महाधिवेशनमा आमनेसामने भएर विगत साढे ५ बर्षयता पार्टीको निर्णायक भूमिकामा रहँदै आएका नेता हुन् । कार्यकारी देउबा भएपनि पार्टीको निर्णय प्रक्रियामा दुबै नेताको केही न केही भूमिका छ । उनीहरुको सहमति बेगर देउबा एक्लै अगाडि बढ्ने अवस्था पनि रहँदैन थियो । यद्यपि विभाग गठन लगायतका विषयहरुमा देउबा ‘पेलेर’ नै अगाडि बढेका भने हुन् । समयले अब यी तीन नेतालाई ‘विश्राम’ गर्नुपर्ने विन्दुमा ल्याएको छ । उनीहरु सहज बहिगर्मन चाहन्छन् कि असहज, त्यो उनीहरुको निर्णयको कुरा हो । तर, बहुसंख्यक युवा पुस्ताले प्रतिनिधित्व गर्ने सम्भावना देखिएको यो महाधिवेशनमा ‘नेता त्रय’लाई सम्मानजनक विस्थापनका लागि त्यसपछिको पुस्ताले अठोट लिन जरुरी छ । एकै ठाउँमा उभिन जरुरी छ । तर, दोस्रो र तेस्रो तहका नेताहरुले एकमत भएर त्यसका निम्ति साहस गर्न सकेनन् भने पुरानै नेतृत्व दोहोरिने सम्भावनालाई पनि नर्कान सकिँदैन । शीर्ष नेताहरुको ग्रेसफुल एक्जिट (सौहार्दपूर्ण बहिर्गमन) हुनु नै उत्तम मार्ग हो । उनीहरुको अतुलनीय योगदानलाई उच्च कदर गर्दै पार्टीको कार्यकारी भूमिकामा नरहने सौहार्दपूर्ण वातावरण सिर्जना गर्न सक्दा पार्टी हितकै पक्षमा हुन्छ । सके त ‘नेता त्रय’ ले यो कुरा आफैं घोषणा गर्दा अझ उत्तम हुन्छ । नत्र पछिल्लो तहका नेताहरुले यसका लागि भूमिका खेल्नुपर्छ । जुन उनीहरुको लागि यो ‘ग्रेसफुल एक्जिट’ हुन्छ । अन्यथा उनीहरु विरुद्ध उम्मेदवारी दिई प्रतिष्पर्धामै उत्रिएर पहिलो तहका नेतालाई पराजित गर्दै ‘बागडोर’ आफ्नो हातमा ल्याउन सकिने अर्को उपाय हुन्छ । जुन अलिक संघर्षपूर्ण छ । यसो गर्दा पहिलो तहका नेताहरुको फोर्सफुल एक्जिट(जबर्जस्त बहिर्गमन) ले पार्टीमा आशाको नयाँ सञ्चार हुन सक्दछ । युवा पंक्ति नेतृत्वमा प्रतिविम्बित हुन सक्दछ । अहिले नेतृत्वमा दाबी गरेका सबै दोस्रो तहका नेताहरुले लोकप्रिय युवा नेताहलाई आफ्नो समूहमा राखेर प्रतिष्पर्धामा जान खोज्नुले पनि अब १५ औं महाधिवेशन अहिले युवा भनिएका नेताको हातमा जाने सम्भावना बढेर गएको छ । कान्छो पुस्ताका कल्याण गुरुङले पहिलो तहका बरिष्ठ नेताहरुलाई चुनौति दिँदै सभापतिमा उम्मेदवारी घोषणा गर्नु आफैंमा परिवर्तनको शुरुवात हो ।

पहिलो तहपछि शेखर कोइरालादेखि कल्याण गुरुङसम्मले ‘सुधारिएको कांग्रेस’ हाँक्ने बताउँदै उम्मेदवारी दिने घोषणा गरेका छन् । यी बाहेक माथि उल्लेखित नेताहरु जो सभापतिका आकांक्षी छन्, उनीहरुले प्रष्टसंग आफ्ना योजना र एजेण्डा प्रस्तुत गर्न सक्नुपर्दछ । केवल नेतृत्व दाबी गरेर मात्र हुँदैन । कस्तो कांग्रेस बनाउने, रोडम्याप के, राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका, कमजोर बनेको कांग्रेस संगठनमा उर्जा भर्ने अस्त्र के, नयाँ पुस्तालाई आकर्षित गर्ने योजना, संविधान कार्यान्वयनमा देखिएका जटिलता हल गर्ने सूत्र के, मुलुकको विकास र समृद्धिको यात्रामा नेपाली कांग्रेसको मार्गचित्र लगायत राष्ट्रिय समस्याहरुको सम्बोधनार्थ लिइने पहलकदमी जस्ता विषयहरुलाई जसले सही र बस्तुगतरुपले ‘मुखरित’ गर्न सक्दछ, जसले सुधारिएको ‘नवीन कांग्रेस’को नेतृत्व गर्ने विश्वास दिलाउन सक्दछ, ‘विवेकी’ महाधिवेशन प्रतिनिधिहरुले उसैलाई छान्ने विवेकपूर्ण फैसला गर्न सके भने कांग्रेस फेरि गतिलो तरिकाले बौराउन सक्दछ । उमेरले युवा तर विचार, एजेण्ड र मार्गचित्रविहिन नेतृत्वले पनि कुनै ‘चमत्कार’ गर्न सक्दैन भन्ने यथार्थलाई पनि हेक्का राख्न जरुरी छ । आशा गरिएका युवा नेताहरु यसतर्फ पनि सचेत रहन आवश्यक छैन र ?


प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १९:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP