Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १२, २०७७ ०५:३६:४७ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • Home
  • बिचार
  • लकडाउनले बदलिएको जीवनशैली
लकडाउनले बदलिएको जीवनशैली
64x64
शुक्रवार, आश्विन २३, २०७७ बागेश्वरी पोस्ट
निशा सुनार 

निशा सुनार 

विश्वव्यापीरुपमा रहेको नोवेल कोरोना भाइरस एक महामारीकारुपमा फैलिएको छ । कोरोना महामारी फैलिन नदिन र महामारी विरुद्ध लड्न आवश्यक तयारीका लागि लामो समय देशभर लकडाउन भयो । लकडाउनको कारण हाम्रो जीवन शैली बदलिएको छ । कोरोनाका कारण हामीले दैनिकरुपमा गर्ने क्रियाकलाप पनि रोकियो । कोरोनाको संक्रमण अझै तीब्र गतिमा बढिरहेकाले अहिले पनि हामी घरमै बसेका छौं ।

यो परिस्थिति आउनुअघि म सधैं बिहान ४ बजे उठ्ने गर्थे । हातमुख धोएर पढ्न बस्थें । पढिसकेपछि आमालाई घरको काममा सघाइसकेपछि स्कुल जाने गर्थे । तर, अहिले मेरो दिनचर्या धेरै परिवर्तन आइसकेको छ । म बिहान ४ बजे उठ्ने मान्छे, अहिले ८ बजे उठ्ने गर्दछु । मलाई आमाबाबाले पहिला बिहानै उठेर पढ्नुपर्छ भन्नुहुन्थ्यो । स्कुल समयमै जानुपर्छ भनेर पनि विहान उठाउनुहुन्थ्यो । अहिले चाहिँ केही काम छैन भनेर उठाउनु हुँदैन । अहिले म मज्जाले सुत्ने गर्छु । यदि लकडाउन नभएको भए म हाइसञ्चो भएर सुत्न पाउँदैन थिएँ ।

मलाई पहिला गाउँमा बिहानै उठ्छिन्, पढ्छिन्, आमालाई कामकाजमा सघाउँछिन्, समयमै स्कुल जान्छिन् भन्ने गर्थे । तर, आजभोलि कसैले पनि भन्ने गर्दैनन् । साँच्चै नै मलाई लकडाउनले धेरै परिवर्तन गराएको छ । लकडाउनका कारण मेरो खानपिन लत्ताकपडामा पनि परिवर्तन आएको छ । म पहिला ९ बजे खाना खाने गर्थें । अहिले म खाना १२ बजे खाने गर्दछु । पहिला हामी स्वास्थ्यका लागि बिभिन्न किसिमको पोषणजन्य खाना खाने गर्थिउँ तर अहिले कोराना संक्रमणका कारण सबै किसिमको खाद्यपदार्थ सजिलै नपाउँदा वा किनमेल गर्ने वातावरण नहुँदा समस्या भोगिरहेका छौं ।

लकडाउनकै बीचमा मेरो गाउँ नजिकै एक जना हामी जस्तै किशोरीको यौन शोषण हुन लागेको थियो तर पनि मैले लकडाउनका कारण त्यहीँ गएर केही कुरा बुझ्न, सोधपुछ गर्न पाएनँ, मलाई धेरै दुःख लाग्यो । त्यो कुरा सुनेर हामी जस्तै किशोरीलाई अन्याय हुँदा पनि म सहयोग गर्न त्यहाँ सहभागी हुन पाइनँ । हाम्रो गाउँमा एक जना मानिसलाई कोरोनाको लक्षण देखा पर्दा त झन् आमाबावाले घर बाहिर नै जान दिनुहुँदैनथ्यो । नेपाल सरकारको नियमको पालना गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यसैले हामीले पनि पालना गरिरहेका छौं । लकडाउनले हामीलाई धेरै परिवर्तन गराइदिएको छ । यो अवस्थामा हामीले कसैलाई दुःख पर्दा पनि केही गर्न सकिरहेका छैनौं । हिम्मत र उत्साहले हिँडिरहेको मान्छे म सयौं पटक पाइला चिप्लिएर के भो.....लडेर पनि उठ्न जानेको मान्छे म भन्ने गर्थे । तर, कोरोना महामारी, लकडाउनले गर्दा हामी एउटा बन्धनमा परेका छौं । कोरोनाका कारण बदलिएको जीवनशैलीले सबै मानिसलाई परिवर्तन गराएको छ । हामी सुरक्षित छौं ।

हामी जस्तै कैयौं किशोरी लकडाउनका कारण सुरक्षित छैनन् । धेरै भन्दा धेरै बलात्कारका घटनाहरु दिनदिनै बढ्दै गएका छन् । यस्तो समयमा हामी सुरक्षित भएपनि हामी जस्तै कैयौं किशोरीहरु कोही मामा घर गएका होलान्, कोही अण्टीको घर....लकडाउनले गर्दा आफ्नो घर जान पाएका छैनन् । तिनीहरु पनि सबै सुरक्षित छन् भन्ने छैन । लकडाउनले गर्दा कैयौं किशोरीमा पनि जीवनशैली बदलिएको छ ।

म कहिलेकाहीँ एक्लै कोठामा बस्दा सोच्ने गर्छु–मेरो गाउँमा एकदमै समस्या देखा परेको छ । जुन मानिसहरु साँझ बिहान काम गरेर आफ्नो जिविकोपार्जन गरेर खाने गदर्थे । ती मानिसहरुलाई लकडाउनले गर्दा खानका लागि हाहाकार मच्चिएको छ । यस्तो देखेर पनि हामीले केही सहयोग गर्न सकेका छैनौं । तिनीहरुमा कति धेरै पीडा समस्या देखिएको छ ।

नोवेल कोरोना भाइरसको कारण हाम्रो जाँच भएको छैन । लकडाउन भएकोले हाम्रो जीवनशैली नै बदलिएकाले नेपाल सरकारले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अनलाइन कक्षा सुरु गरेपनि म गाउँमा बस्ने भएकाले पढाईबाट बञ्चित हुनु परेको छ । लकडाउन भएपनि हामी सुरक्षित हुन सकेका छैनौं । लकडाउनका कारण बिभिन्न थरीका समस्याहरु देखा परेका छन् । जस्तै–बालयौन दुव्र्यवहार, महिला हिंसा, बालबालिकामा हुने हिंसा, यौन दुव्र्यवहार लगायत धेरै रहेका छन् ।

त्यसैगरी एक दिन साँझको बेला थियो । म खाना खाएर आमालाई केही काममा सघाइरहेको थिएँ । त्यतिबेला मेरो छिमेकीमा ठूलो आवाज आयो । मैले काम छाडेर के भयो भनेर सुनें । त्यहाँ त झगडा भएको पो रहेछ । कुरा बुझ्दै जाँदा श्रीमानले श्रीमतीलाई बेसरी पिटेका थिए । यसरी नै उनले दिनदिनै टर्चर पनि गरिरहेका हुन्थे । शारीरिक र मानसिकरुपमा धेरै टर्चर गर्थे । जति झगडा गरेपनि पिटे पनि अहिलेको समयमा लकडाउनमा प्रहरी आउँदैनन् । यस्तो समयमा प्रहरीले नि लग्दैनन् भनिरहेका थिए । अर्को दिन पनि यसैगरी झगडा गर्न थाले । ती महिलालाई धेरै पीडा भएको थियो । त्यो सबै बुझ्दा त्यहाँ महिला हिंसा भएको रहेछ । तर पनि म छिमेकी भएर यस्तो लकडाउनको समयमा केही पनि गर्न नसक्दा टुलुटुलु हेर्न बाध्य थिएँ । मेरो छिमेकीमा त यस्तो महिला हिंसा देखिएको छ । लकडाउनका बेला यसरी नै अरु कति ठाउँमा महिला हिंसा भयो होला भनेर मैले धेरै सोचें ।

(अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालको डिजिटल टेक ओभर कार्यक्रम अन्तर्गत् बाँकेको खजुरा गाउँपालका वडा नम्बर ४ बुद्धपुरकी किशोरी निशा सुनार एक दिनको लागि यस अनलाइन पोर्टलको अतिथि सम्पादक हुनुहुन्छ)

 


प्रकाशित मिति: शुक्रवार, आश्विन २३, २०७७, ०४:००:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजामती प्रशासन र यसका वर्तमान चुनौतिहरु
जडिबुटी व्यवस्थापन र यसका विविध सवालहरु
कस्ती होलिन् उनी अप्सरा (राराको हुटु) अहिले ?
के हो ‘रअ’ : इन्डियन रणनीति कि नेपालको दुर्भाग्य ?
ताजा समाचार
खजुरामा अब किसान कल सेन्टर आइतवार, माघ ११, २०७७
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
जीप दुर्घटनामा पाँच जना घाइते
११ बर्षीया बालिका बलात्कृत, आफ्नै बाबुका साथी पक्राउ
दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि नरैनापुरमा अभिमुखीकरण
दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु
ओलीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद छैन् :कांग्रेस नेता कोइराला
विप्लव समूहको बन्दमा दार्चुलामा ट्रकमा आगजनी
मलेसियामा मृत्यु भएका १८ जनाको शव नेपाल ल्याइयो
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9862791607
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago